
जनकपुरधाम। धनुषाको हंसपुर नगरपालिकाकी उपमेयर दुर्गा देवीको गाडीले किचेर १४ महिने बालिकाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुने बच्चा उपमेयरकै नातिनी पर्ने बुझिएको प्रहरीले जनाएको छ ।
हंसपुर ९ रुदौली बस्ने रवीन्द्र मण्डलको छोरी अन्दाजी १४ महिनाकी लक्ष्मीनिया कुमारी मण्डलको गाडीले किचेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।
प्रहरीले गाडी चालक शहिदनगर नगरपालिका–४ बस्ने ३० वर्षीय दीपेन्द्रकुमार रायलाई र गाडी नियन्त्रण लिएको छ ।