
जनकपुरधाम- बाल क्लब संजालका सदस्यहरूका लागि बाल मैत्री बाल अधिकार तथा योजना तर्जुमा प्रकिया सम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ।
मिथिला नगरपालिका महिला बालबालिका तथा समाज कल्याण शाखा ढल्केवर धनुषाको आयोजना र युनिसेफको सहयोगमा मिथिला नगरपालिका भित्र पर्ने वडाहरुमा बाल क्लब संजालका सदस्यहरूका लागि बाल मैत्री ,बाल अधिकार तथा योजना तर्जुमा प्रकिया सम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ।

बिहिबार मिथिला नगरपालिका वार्ड नं २ का बालबालिकाहरुलाई बालमैत्री स्थानीय शासन घोषणा गर्नको लागि आवश्यक पर्ने सुचकहरु, बालबालिकाको अधिकार र संविधानले प्रदान गरेका अधिकारका बारेमा प्रशिक्षण दिदै बालबालिकालाई आवश्यक पर्ने कुराहरुलाई मध्यनजर गर्दै योजना तर्जुमा बारे जानकारी दिएको कुरा मिथिला नगरपालिका महिला बालबालिका तथा समाज कल्याण शाखा ढल्केवर धनुषाको बाल कल्याणकारी अधिकारी मिलन देवी श्रीवास्तावले बताउनुभयो ।
प्रशिक्षण कार्यक्रममा मिथिला नगरपालिका वार्ड नं २ का वाडा अध्यक्ष बिहारी महतोले बालबालिकालाई कुलतमा नलाग्न र पढाई प्रति सचेत हुन आग्रह गर्नुभयो। नगरपालिकाको सम्पुर्ण वाडा मध्ये वाडा नं २ लाई सबैभन्दा पहिला बालमैत्री स्थानीय शासन घोषणा गर्नलाई बालमैत्री स्थानीय शासन घोषणा गर्नुपूर्व ५१ वटा सुचक पार गराउन एक्लै बाट सम्भव नरहेको र यसमा मुख्यतः बालबालिका र अभिभावकहरुको साथ र सहयोगको अपेक्षा राख्नुभएको थियो।
यस वडाको मुख्य समस्या बालविवाह हुने गरेकोले यसमा अभिभावकलाई सचेत गराउन अभिभावक शिक्षा कार्यक्रम ल्याएर आगाडि बढ्ने र सबै बालबालिकालाई विधालय सम्मको पँहुचमा ल्याउनको लागि वाडा कार्यलय तत्पर रहेको बताउनुभयो। साथै प्रशिक्षण कार्यक्रममा उपस्थित बालबालिकाहरुले वाडा अध्यक्ष समक्ष आफ्नो समस्या राखेका थिए भने वाडा अध्यक्षले सो समस्या बारे प्रकाश पार्दै समस्याको निराकार कसरी गर्ने तर्फ जोड दिनु भएको थियो। अध्यक्ष महतोका अनुसार सरसफाई, मेलमिलाप केन्द्र र समाजमा यस्ता कुरिती विसंगति लाई न्युनिकरण गर्न सबै प्रकारका समिति गठन भएको र कार्यन्वयन पक्ष फितलो रहेको कुरा पनि बताउनु भएको थियो।

सोहि प्रशिक्षण कार्यक्रममा प्रशिक्षकको रुपमा दिवेश कुमार महतोले संविधानका बारेमा र संविधानमा प्रदत बालबालिका को अधिकार , शिक्षा र स्वच्छ वातावरण सम्बन्धी हकको व्यवस्था बारे जानकारी गराउनुभएको थियो भने बिधालयमा बालभित्ते पत्रिकाको सुरुवात गर्नलाई बालभित्ते पत्रिकाको महत्व, प्रयोग विधि र उदेश्य बारे प्रष्ट पार्नुभएको थियो। एकता बाल क्लब मिथिला नगरपालिका वार्ड नं -२ नक्टाझिजको सहजिकरणमा सोहि वाडाको श्री हिमालय युवा क्लबको भवनमा तालिम सम्पन्न गरिएको थियो। तालिममा मिथिला नगरपालिका -२ का जम्मा २४ जना बालबालिकाहरुको सहभागी रहेको थियो।