
महोत्तरी- फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सितापुर भंगहा शाखा कार्यालय महोत्तरीले सदस्यको मुत्यु बापतको कर्जाको बिमा रकम वितरण गरेको छ। भंगहा नगरपालिका ६ कि सबिता कुमारी को मत्यु पश्चात उनको परिवारलाई कर्जा बिमा सुबिधा बापतको रकम प्रदान गरिएको हो।
फरवार्ड मधेस प्रदेश कार्यालय अधिकृत राज नारायण चौधरी र फरवार्ड शाखा कार्यालय सितापुर भंगहाको कार्यालय प्रबन्धक धर्मेन्द्र कुमार यादवका अनुसार एकदम सामान्य आर्थिक अवस्था की सबिता कुमारीले छोरा लाई अध्ययनका निम्ति फरवार्ड संस्थाबाट कर्जा २०७८ मंसीर २४ गते १ लाख ४० हजार कर्जा लिएकि थिईन।उनको गएको साउन २४ गते घरमै उच्च रक्तचापका कारण मत्युभएको थियो ।
नियमित किस्ता तिर्दै आईरहेकी उनको १ लाख ३० हजार ३९९ बाँकी रहेको थियो। फरवार्डले सबै ऋणीहरुको कर्जाको समेत बिमा गर्ने भएकोले उनको परिवारलाई कर्जा बिमा र किरिया खर्च सहित १ लाख ६८ हजार रुपया प्रदान गरेकोछ । मंगलवार फरवार्डका प्रदेश शाखा अधिकृत कार्यालय प्रमुख धर्मेन्द्र कुमार यादव केन्द्रीय प्रमुख ज्योति देवी तथा मृतकको श्रीमान् बृज बिहारी हुजेदारलाई रकम हस्तान्तरण गरेको छ ।
फरवार्डले ग्रामीण भेगमा सामुहिक जमानी मार्फत महिलाहरुलाई उधमशील बनाउन लगानी गर्ने गर्छ । यस अघि कर्जाको सही सदुपयोग होस भनेर विभिन्न सिप मुलक तालिम तथा वितिय साक्षरता समेत दिने गरेकोले आर्थिक रुपमा विभिन्न महिलाहरुलाई आत्मनिर्भर बन्ने भनेको छ।
सुनसरीको दुहबीमा केन्दीय कार्यालय रहेको फरवार्ड देशमा ४० जिल्लाहरुमा फ़ैलिएको छ। फरवार्डमा हाल करिब ३ लाख महिला सदस्यहरु आबद्ध रहेको छ।