
महोत्तरी - महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वड़ा नं.८ बस्ने मटिहानी नगरपालिकाका कार्यपालिका सदस्य एवं प्रवक्ता नागेन्द्र लाल कर्णको बुधबार राती निधन भएको छ ।
६५ बर्षीय कर्णको हृदयघाटको कारण निधन भएको कुरा उहाँको परिवारले जनाएको छ ।कर्णको श्रीमती,२ (दुई) छोरा र एक छोरी रहेका छन ।

उहाँ २०७९ सालको स्थानीय तहको निर्वाचनमा लोसपाबाट कार्यपालिका सदस्य पदमा निर्वाचित हुनु भएका थिए ।यसै बीच कर्णको निधन प्रति मटिहानी नगरपालिका नगर प्रमुख हरि प्रसाद मंडलले दुःख ब्यक्त गर्दै शोक प्रकट गरेका छन ।
साथै उहाँको निधनमा शोक प्रकट गर्दै एक दिन पालिकाको सम्पूर्ण कामकाज बन्द हुने कुरा समेत बताउनुभयो ।