
सुजाता राई
विराटनगर । विराट साहित्य संगमबाट पर्यटन प्रवर्द्धनका लागि साहित्यिक अभियान अन्तर्गत मिति २०८२/०१/२५ गते बिहान सोलुखुम्बुको सल्लेरी बजारमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
काेशी प्रदेश सभाका माननीय सांसद बुध्दी कुमार राजभण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा भ्रमण टोलीकी सदस्य बरिष्ठ साहित्यकार मिश्र बैजयन्तीले कार्यक्रमकाे उदेश्य र औचित्यमाथि प्रकाश परेकी थिइन।

स्थानीय स्रष्टा, वुद्धिजिवी तथा स्थानीय मिडिया हिमालय FAM ९०•२ का पत्रकार नवराज सिग्देल लगायतको उपस्थिति रहेको सो कार्यक्रममा अभियान टोलीका सदस्यहरू बौद्धिक व्यक्तित्व दिनेश श्रेष्ठ,प्राज्ञ खेम नेपाली,मिश्र बैजयन्ती, शिवनारायण सिंगल,प्रिन्स प्रमोद ढकाल,जीवन काफ्ले, गोपाल निर्भीक,भवानी प्रसाद पोखरेल, भिम कोइराला,रामबाबु दाहाल,कविता केशरी,बाबुराम पोखरेल,रुद्र सुवेदी,शम्भु प्रसाद भट्टराई,लक्ष्मी रायमाझी(खड्का )पुष्प सायरा,जमुना पौडेल,सुजाता राई र पुनम महराले पर्या- पर्यटनसँग सम्बन्धित रचनाहरू सुनाए।

उक्त कार्यक्रममा प्रमुख अतिथि माननीय बुद्धि कुमार राजभण्डारीले अवलोकन तथा सम्भाव्यता पहिचान भ्रमणको क्रममा सोलुखुम्बु जिल्लामा देखिएका पर्यटकीय विकासका सम्भावना र चुनौती तथा त्यसको समुचित विकासका लागि सरकारी र सामुदायिक खेल्नुपर्ने भुमिकाको सन्दर्भमा साहित्यका विभिन्न बिधाहरु मार्फत दिशा निर्देश गर्नका लागि स्रष्टाहरुलाई अनुरोध गरे ।
विराट साहित्यका सङ्गमका सचिव गोपाल निर्भीकले सञ्चालन गरेको उक्त कार्यक्रम सोही संस्थाका उपाध्यक्ष एवम् भ्रमण टोलीका संयोजक जीवन काफ्लेको अध्यक्षतामा सम्पन्न भयो ।