बर्दिवास- सवैको लागी हामी भन्ने अभियानवाट प्रभावित भएर युवाहरुले न्यानो कपडा वितरणलाइ तिव्रता दिएका छन ।
महोत्तरीमा रहेका विपन्नहरुलाइ पहिचान गरी जिल्ला बाहिर बस्ने युवाहरुले समेत पैसा संकलन गरि न्यानो कपडा वितरण गरेका हुन ।



विशेषगरी बर्दिबास नगरक्षेत्रमा वस्ने विपन्नहरुलाइ युवाहरुले पैसा संकलन गरि ६० हजार बराबरको न्यानो कपडा वितरण गरेका छन ।
बर्दिबास बस्ने युवा संजोग फुयाल(सरोकार)ले काठमाण्डौ स्थित युनिक नेपाल एकेडेमीका भुपु विद्यार्थीसगँ पैसा संकलन गरेर ज्याकेट, ट्राउजर, स्विटर तथा ओढने कपडाहरु वितरण गरेका हुन ।
स्थानिय सरकारले समेत सितलहरवाट प्रभावित स्थानियहरुलाइ चासो नदेखाइरहेको अवस्थामा फुयालको नेतृत्वमा वितरण गरिएको न्यानो कपडाले निक्कै प्रशंसा बटुलेको छ ।
बर्दिबास स्थित नमुना मुसहर बस्तिमा बसोबास गर्ने विपन्नहरुलाइ न्यानो वितरण गर्न सहयोग गर्ने विद्यालयका प्रधानध्यापक सुमन बस्नेत र भुपु विद्यार्थीहरु निर्मल योङजन र सुरज दाहालले हौस्याएको अभियन्ता फुयालले वताए ।
बर्दिबास नगरपालिकाको मुसहर बस्तिमा नै वितरण गर्नुपर्छ भन्दै प्रेरित गर्ने खिलराज भट्टराई, मुकेश हमाल, रविन्द्र थापा, मुकेश चौधरी लगायतका युवाहरुलाइ मातृभुमी ट्राभल्स एण्ड टुर्सका संचालक समेत रहेका फुयालले समेत धन्यवाद दिए ।




