महोत्तरी - मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवलाई तोकेका छन् ।
स्विटजरल्याण्डमा यही अगस्ट ३१ देखि सेप्टेम्बर ६ सम्म आयोजना हुने एक कार्यक्रममा सहभागी हुन जाने क्रममा मुख्यमन्त्री सिंहले बिहीबार मन्त्री यादवलाई कार्यभार तोकेका हुन् ।
‘म फर्कि नआउन्जेलसम्मका लागि तपाईंलाई मधेस प्रदेश सरकार (कार्यसम्पादन) नियमावली, २०८० को नियम १४ को उपनियम (३) बमोजिम कार्यवाहक मुख्यमन्त्री तोकेको व्यहोरा जानकारी गराउँछु,’ मुख्यमन्त्री सिंहले लेखेका छन् ।





