
सरोजकुमार महतो
देशमा विभिन्न जोषिम क्षेत्रलाई मध्येनजगर गरि विपदबाट बाचाउनका लागि विभिन्न तयारी हुँदैछ । देशका विभिन्न जिल्ला बारा, काभ्रेपलाञ्चोक, सिन्धुली, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), अर्घाखाँची, प्यूठान, रोल्पा, दाङ, बझाङ, दार्चुला र आसपास भई बहने तथा केही ससाना नदीहरूमा आकस्मिक बहाबको जोखिम रहने पूर्वानुमान रहेकाले सो क्षेत्र भई वहने नदी तटीय क्षेत्रहरूमासतर्कता अपनाउ महाशाखाले अनुरोध गरेको छन् ।
बारे, हरेराम समाजिक संजालमा पढेर नजिकै बसेका साथिलाई सुनाउँदै थियो ।
मनसुन सुरु भएसँगै वर्षा सुरु भयो । पानीलाई कसले रोक्न सक्छ र । चारैतिर वर्षाले गर्दा बाढि पहिरो आउने सम्भावना बढी नै छ । यस्ता सुचना समय-समयमा महाशाखाले निकालि रहन्छ । जसले गर्दा विपदका जोखिम रहेको क्षेत्रमा बासोबास गर्ने जनताले सतर्क भएर बसुन । जुन राम्रो कार्य हो ।
उसका साथि पनि यस्तै लेखरहरु, समाजिम संजालका पोष्टहरु पढिरहेका थिए अनि हरेरामलाई सुनाउँदै थियो ।
यस्ता विपदका घटना हाम्रो पालिकामा पनि हुने गर्छ नि । वर्षाको समयमा बाढीपहिरो, नदिको बाहाब अनियन्त्रण भएर कतिको खेतहरु बगाएको अवस्था छ । उसका साथिले थप्यो ।
आश्चर्यचकित हुँदै हरेरामले भन्यो “हाम्रो पालिको खबर त कतै पनि हुन्न नि त ?”
सामाचारमा आएको घटना मात्रै वास्तवीक हुन्छ भने छैन, कतिपय कुरा खबरखाबर मै आउँदैन नि । साथिको जवाफ थियो ।
ये हो र ? अनि हरेरामले हाँस्दै सोधि हाल्यो “यसको तयारी के गर्छ त हाम्रो स्थानीय सरकारले” तिमी त्यहाँको कर्मचारी छौ क्यारे।
धेरै काम गर्छ तर कतिपय प्रक्रियागत हुन्छ भने कतिपय हुदैन । यसका लागि यी कुराहरु गर्न सक्छ ।
प्रत्येक स्थानीय तहले आफ्ना क्षेत्रहरु हेरिकन स्थानीय योजनाहरु बनाएर क्रमशः लागु गर्दै जानुपर्छ, जुन पछिल्ला कानूनहरु र संविधानले समेत निर्देशित गरेको कुरा पनि हो । मानौँ पुर्वेटोलमा बाढीपहिरो आउँछ त्यसको उदाहारण लिएर तिमीलाई प्रष्ट पार्न कोशिस गर्छु है त ।
पुर्वटोलमा आउने बाढीपहिरोको आवश्यक जानकारी संकलन र नक्साँकन गर्नु पर्छ । बाढीपहिरोबाट कस्ता किसिमका असर या जोखिम हुन्छ सक्छ त्यसको आँकलन गर्ने । पुर्व तयारी महत्वपुणर् भएकोले त्यस पछि बाढीपहिरोबाट जोगिन र जोखिमलाई कम गर्नका लागि आवश्यक योजनाहरु, सम्भावनाहरु यकिन गर्नुपर्छ ।
यति गरिरहँदा यसलाई घटाउका लागि दिर्घकालिन योजनाहरु र रणनीतिकहरु बनाउनमा पनि ध्यान दिनु पर्छ । पुर्वेटोलिका जनतालाई बाढीपहिरो जोखिमबाट मुक्त गराउनका महत्वपुणर् कुरा हो ।
योजना बनाए पछि र बाढीपहिरो रोक्ने विभिन्न उपयाहरुलाई प्राथमिकीकरण गरि त्यसलाई कार्यान्वयन गर्नु पर्छ र ख्याल पुराउनु पर्ने त्यसको समिक्षा गरिरहनु पर्छ । यस क्रममा पुर्वेटोलको बाढीपहिरो नियन्त्रणमा कमि नआए संघ, प्रदेश सरकार तथा जिल्लाबाट समन्वय गरि अगाडि बढ्नु पर्छ ।
संघ सरकारमा विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरण, प्रदेशमा “प्रदेश स्तरीय विपद व्यवस्थापन समिति, जिल्लामा “जिल्ला विपद व्यवस्थापन समिति” हुने गरेको छ ।
अनि माथि भनिएको काम अह्म भुमि बहन गर्ने स्थानीय सरकारमा विषयगत समिति अन्तर्गत “वातावरण तथा विपद व्यवस्थापन समिति” रहेको छ जुन कार्यापालिका अन्तर्गतका समिति हुन जसको भुमिका सम्बन्धि विषयमा सुझाव सल्लाह कार्यपालिकालाई दिनु हो । साथै “स्थानीय विपद व्यवस्थापन समिति” पनि बनाउन सकिन्छ ।
हरेराम कुरा सुन्नेर मख्ख पर्यो । पुर्वेटोल उसको घर भएको टोल हो । अनि आफ्नो साथिलाई भन्यो “तिमि पालिकामा काम गर्छौ तिमी पनि पहल गर्नु म पनि गर्छु म बस्ने टोल बाढीपहिरोबाट जागाउन”
मित्र सुन्न त । त्यसो भए अन्य सरकार भन्दा स्थानीय सरकारसँग सिमित स्रोत साधान हुन्छ । अनि यसमा पर्ने क्षेत्र सम्बन्धि सुचना संकलन गर्ने, आवश्यक योजना तथा कार्यक्रम बनाउने, कार्यक्षेत्रको विषयमा अध्ययन अनुसन्धान गर्ने, यति धेरै काम कसरी गर्न सकिन्छ ?
हरेरामको कुरालाई समर्थन गर्दै, साथिले जवाफ दियो ।
स्थानीय सरकारसँग सिमित स्रोत साधन हुन्छ र गर्नु पर्ने धेरै हुन्छ । जिम्मेवारी धेरै हुने तर स्रोतसाधन कमी भएकाले काम गर्न कठिनाई हुनु स्वाभाविक हो । तर आफुसँग भएको स्रोत साधनलाई अन्य कामसँग विपद तिर ध्यान दिएर गरिनु पर्दछ । केद्र सरकारको सक्रियतामा छिटो उद्धार हुने तर स्थानीय सरकारको सक्रियता त्यो भन्दा बढि हुनु पर्दछ । जस्तो आवश्यक तथ्याँक चाहिएको बेला स्थानीय सरकारले उपलब्ध गराउन सक्नु पर्दछ ।
एउटा तथ्याँक तिमिलाई देखाउँछ । फोनबाट खोजेर पढेर सुनायो ।
देशमा विपदबाट धेरै ठाउँ प्रभावित भईरहन्छ । ‘अघिल्लो वर्ष ५० जनाको ज्यान लिएको थियो भने ७ हजार ७ सय ७५ परिवार घरबारविहीन हुन पुगेका थिए’ ।
पछिल्लो दस वर्षमा बाढी-पहिराका कारण २ हजार १४८ जनाको मृत्यु भएको छ ।२०७० देखि २०७९ सालसम्म मनसुनजन्य विपद्बाट ७७९ बेपत्ता भएका छन्। १ हजार ५ सय ६९ जना घाइते भएको प्राधिकरणको तथ्यांक छ ।
बाढी पहिरोका कारण एक दशकमा ८० हजार ४०५ परिवार प्रभावित भएका छन् । तीसँगै १५ हजार ८९३ घर पूणर् क्षति भएको छ। ४५ हजार ५६२ घरमा आंशिक क्षति पुगेको देखिन्छ ।
एक दशकमा बाढी पहिरोले र भारी वर्षाले १८ अर्ब ५८ करोड ८३ लाख ५२ हजार रूपैयाँ बराबरको धनमाल नोक्सान भएको प्राधिकरणले जनाएको छ ।
यस्ता नोक्सानका कुरा हाम्रो पुर्वेटोलका पनि हो । कमै होल तर असर गरेको छ त्यसलाई ध्यानमा राखेर स्थानीय सरकारले प्राथमिकीकरण गरेर विपदमा पनि स्रोतसाधन खर्चिनु पर्छ ।
वाह ! मित्र तिमी उदाहरण सहित, तथ्याँकले मेरो धेरै कुरा ‘क्लियर’ गर्यो । छुटौ होला भन्दै गर्दा उसका साथिले केहि कुरा थप्यो।
विपदको घरिमा सबैजना जहाँबाट सकिन्छ जसरी सकिन्छ एक अर्कालाई सहयोग गरिनु हाम्रो कर्तव्य हो । समाजिक संजालको माध्यमबाट आवश्यक सुचना जारी गर्नु साबधानीका उपाय सेयर गर्नु साथै पिडितहरुलाई आवश्यक राहतको लागि पहल गर्नु पर्छ । सबैभन्दा महत्वपुणर् आ आफ्नो स्थानीय सरकारलाई त्यस सम्बन्धि आवश्यक सुझाव दिनु पर्द छ । सबै जना सुरक्षित बसौ ।
अनि हरेरामले भन्यो । यी कुराका लागि हामी सबैले पहल चाहि गर्नु पर्छ । र मिलेर अगाडि बढ्नु पर्छ । उनीहरुले अर्को गफ तलिन भयो ।