
बर्दिवास- एनएमबी बैंक र महोत्तरीको बर्दिवास ३ गाैरीडाडा स्थित गाैचन थकाली भान्छा घर (नमो बुद्ध होटेल एण्ड थकाली किचेन प्राली) बीच छुट सम्झौता भएको छ ।
बुधबार सो सम्झौतामा एनएमबी बैंकका एरिया मधेस प्रदेश प्रमुख कमल पोखरेल, सिनियर एरिया मेनेजर मिथिलेस कुमार झा र बर्दिवास शाखाका प्रबन्धक आदित्य भट्टराई र तथा नमो बुद्ध होटेल एण्ड थकाली किचेन प्राली का तर्फबाट प्रबन्ध निर्देशक ढाका प्रसाद ढुंगेलले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार एनमबी बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरुले नमो बुद्ध होटेल एण्ड थकाली किचेन प्राली द्धारा सञ्चालित गाैचन थकाली भान्छा घर रेस्टुरेन्ट सेवामा ८ प्रतिशत र लजिङ्ग सेवामा १५ प्रतिशत छुट प्राप्त हुने
बर्दिवास शाखा प्रमुख आदित्य भट्टराईले जानकारी दिए ।
उक्त सम्झौता अन्तर्गत सो होटेलमा सुविधा लिन चाहने एनएमबी बैंकका ग्राहकले डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा उल्लेखित सेवाहरुमा छुट प्राप्त हुने व्यवस्था मिलाईएको उनले बताए ।
यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।