सिरहा । माछा मार्न गएको बेला डुबेर मृत्यू भएका सिरहाका युवकलाई सशस्त्र प्रहरीले झण्डै १८ घण्टापछि पोखरीबाट लास निकालेको छ ।विहिबार साँझ ४ बजे पोखरीमा माछा मार्न गएका सिरहाको नरहा गाउँपालिका वडा नम्बर ३ नभटोली टोलका स्थानीय गणेश सदा पोखरीमै डुबेका थिए । उनी डुबे लगत्तै बेपत्ता भएको थियो ।
झण्डै १८ घण्टाको प्रयासपछि सिरहाको विपद व्यवस्थापनको टोली र सशस्त्र प्रहरी सिरहाको ईन्सपेक्टर सूर्य धमलाको नेतृत्वमा गएको टोलीले उनको मृत शरिर बाहिर निकालेको हो ।पोखरीमा डुबे लगतै जमिनमा गडेका दासलाई खोजी गर्दै नेपाली सेना, सशस्त्र प्रहरी, जनपद प्रहरी विहिबार साँझ देखि नै प्रयासरत रहेका थिए ।
उनलाई शुक्रबार (आज) विहान १०ः३० बजे मात्र निकालिएको हो ।विहिबार अपरान्ह मलामी गएर घर फर्किदै गर्दा उनी त्यहाँस्थित रहेको एक सार्वजनिक पोखरीमा दुईटा माछा तैरिरहेको देखेपछि माछा ल्याउन गएका थिए । एकहातमा माछा लिएर उनी डुबेका थिए ।शवको प्रकृति हेर्दा उनको हातमा अझै माछा समातिरहेको देखिएको छ । सोही माछा लिएर उनी डुबेका थिए ।
उनी श्रीमतिकै अगाडी पोखरीमा माछा मार्न पसेका थिए भने माछा समात्ने वित्तिकै उनी पोखरीभित्र नै बेपत्ता भएका थिए ।उनको स्वास्नीसहित दुई छोरा र दुई छोरी छन् । उनको डुबेर मृत्यू भएपछि सिँगो टोल नै शोकाकुल भएको छ । उनको परिवारमा उनी मात्र कमाउने थिए।