
धनुषा – मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन्।
बुधबार मुख्यमन्त्रीमा नियुक्त भएका उनले आज मधेस भवनस्थित प्रदेश प्रमुखको कार्यालयमा केहीबेरअघि शपथ लिएका हुन्।

उनीसँगै अन्य तीन मन्त्री: जनमतका वसन्त कुशवाहा, एमालेका सरोज यादव र जसपाका संजय यादवले सपथ लिएका छन्। यी आज नियुक्त भएका यी मन्त्रीहरूकाे विभाग भने अझै टुङ्गाे लगेकाे छैन।
मधेस प्रदेशमा १० मन्त्रालय छन्। प्रदेशमा जसपा र जनमतले आलोपालो नेतृत्व गर्ने सहमति गरेका छन्।