काठमाडौं। यती एयरलाइन्सको आइतबार बिहान भएको विमान दुर्घटनामा सवारहरूको पहिचान खुलेको छ। विमानमा ६८ यात्रु सवार रहेको खुलेको हो । त्यस्तै चालक दलका चार जना सदस्यहरू पनि विमानमा सवार थिए ।
पोखरा विमानस्थलनजिकै भएको दुर्घटनास्थलमा अहिले विमान दुर्घटना स्थलमा सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार गरिरहेका छन्।



लागिरहेको विमानबाट ३० जनाभन्दा बढीको शव निकालिसकिएको छ। उद्धार जारी रहेको कास्कीका प्रमुख जिल्ला अधिकारीले बताए। केही व्यक्तिलाई अस्पताल लगिएको छ। यात्रुमध्ये ३ जना शिशु थिए।







