?????,? ???M
ljdfg b’3{6gf:yn
????fsf] ;]tL vf]+rdf cfOtaf/ ???? otL Po/nfoG;sf] ljdfg b’3{6gf :yndf ;f]daf/ laxfg}b]lv p2f/ tyf j]kQfsf] vf]hL ;’? . tl:a/M ?????? ?????÷/f;;
काठमाडौं। पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनाका मृतकको शव आफन्तलाई बुझाउन सुरु गरिएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरामा शव बुझ्न चाहने आफन्तलाई पोस्टमार्टम पश्चात शव बुझाउन सुरु गरिएको जानकारी गराएको हो ।



सोमबार एक सूचना जारी गर्दै प्राधिकरणले कुल सवार ७२ मध्ये ६९ जनाको शव फेला परेको जनाएको छ । साथै, ४१ जनाको पहिचान भइसकेको प्राधिकरणद्वारा सूचनामा उल्लेख छ ।
यस्तै, थप सहजीकरणका लागि काठमाडौंबाट फरेन्सिक विज्ञ टोली पोखरा पुगेको पनि प्राधिकरणले जनाएको छ ।





