काठमाडौँ — नेकपा एमालेले मन्त्री बन्ने चार जनाको नाम टुंगो लगाएको छ । एमालेको भागमा परेको आठमध्ये चार जना यसअघि नै मन्त्री बनिसकेका छन् । मंगलबार नयाँ पठाउन लागिएका मन्त्रीहरूमा विमला राई पौड्याल, पदम गिरी, भगवती चौधरी र हरि उप्रेती छन् ।
पौड्याल राष्ट्रिय सभाकी सांसद हुन् । उनले परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाउने निश्चित छ । त्यसबाहेक अन्य सबै प्रतिनिधिसभाका निर्वाचित सांसद हुन् ।



कसलाई के जिम्मेवारी दिने भन्नेबारे अन्तिम टुंगो लगाउन प्रधानमन्त्री एमाले अध्यक्षबीच बालुवाटारमा छलफल भइरहेको छ ।




