महेन्द्रनगर- धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाका युवाहरुलाई मानव अधिकार र मौलिक अधिकार प्रवर्द्धनका लागि पैरवी तथा नेतृत्व विकास सम्बन्धी २ दिने तालीम प्रदान गरिएको छ।

युरोपियन युनियनको आर्थिक सहयोग र हेल्वेटास नेपालसँगको साझेदारीमा सहयोगी समाज नेपाल, सर्लाहीले संचालन गरिरहेको स्थानीय शासन प्रकृयामा युवा संलग्नता प्रवर्द्धन परियोजना (प्रोयेल) अन्तर्गत राष्ट्रिय मानव अधिकार आयोग,
मधेस प्रदेेश जनकपुर कार्यालयसँगको समन्वयमा भदौं २१ देखि २२ गतेसम्म आयोजना गरिएको २ दिने तालीम सम्पन्न गरिएको हो ।




तालिमको समापन समारोहमा क्षीरेश्वरनाथ नगरपालिकाका मेयर सुखदेव यादवले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा लागु गर्न सहभागी युवाहरुलाई बताए। उनले तालिम भनेको ज्ञान, शीप र आचरण /व्यवहार परिवर्तनका साथै थप क्षमता अभिवृद्धि गर्ने थलो भएको हुँदा सिकेका कुराहरुलाई आफूमा मात्र सिमित नराखेर व्यवहारमा उतार्नु पर्ने बताए ।

दुई दिने तालिमका मुख्य प्रशिक्षकको रुपमा रहेका राष्ट्रिय मानव अधिकार आयोग, मधेस प्रदेेशका प्रमुख मञ्जु खतिवडाले मानव अधिकार सम्बन्धी कुनै समस्या वा थप जानकारी चाहिए कार्यालयमा आइ जानकारी दिए आफूबाट हुने सहयोग प्रदान गर्ने बताइन् ।




