महोत्तरी - उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको हातबाट जुस खाएर विरेन्द्र जैसीले अनसन तोडेका छन । २०७३ फागुन १ मा काखोमा प्रहरीको गोलि लागि सख्त घाइतेभएका जैसीले उपचार तथा क्षतिपूर्तिका लागि तीन हप्तादेखि अनशनरत थिए ।
बन तस्करी नियन्त्रण गर्ने क्रममा प्रहरीलाई सहयोग गर्न गएका कैलालीका स्थानीय युवा जैसीलाई प्रहरीकै गोली लागेको थियो । तर उहाकोउपचारमा सरकारको कुनै सहयोग भएको थिएन । माइतीघरमा अनशन बस्दाबस्दैस्वास्थ अवस्था थप जटिल भएपछि उनलाई वीर अस्पतालमा भर्ना गरिएको थियो ।
उनी अस्पतालमै समेत अनसनमै बसे । सरकारले उनको उपचार विरेन्द्र प्रहरी अस्पतालमा गराउने भएको छ । अनशन तोडाउदै उपप्रधानमन्त्री श्रेष्ठले जैसीको अबकोउपचारको जिम्मा सरकारले लिने, हालसम्मको उपचार खर्च बेहोर्ने र कुनै उपयुक्त रोजगारी समेतको व्यवस्था गरिदिने प्रतिबद्धता जनाएका छन । जैसीलाई महोत्तरी निर्वाचन क्षेत्र नम्बर ४ का पुर्व माननिय डा.रिना यादवले निरन्तर सपोर्ट गर्दै उनको जिवनरक्षाको लागि सरकारलाई घच्घच्याएकि थिइर्न ।
आरती साहको परिवार काठमाडौंमा आन्दोलनरत रहेको बेला सोहि छेउमा अनसनरत भेटिएका जैसीलाई सोहि बेला देखि पुर्व माननिय डा.यादवले सहयोग गर्दैआएकि थिईन ।




