
भैरहवा- बिभिन्न मोबाइल नम्बरहरु वाट फोन सम्पर्क गरी आफु ईसेवाको आधिकारिक कर्मचारी भएको भन्दै ईसेवा आईडी मा पहुँच वनाई १८ जना वाट १५ लाख २० हजार ९ सय १ ठगी गर्ने रौतहट जिल्ला का पाँच जना लाई प्रहरी ले पक्राउ गरेको छ।
पक्राउ पर्ने मा गौर नगरपालिका वडा नं ५ का २१ वर्षिय कन्हैया कुमार कुशवाहा, २६ वर्षिय नवनित कुमार कुशवाहा, २० वर्षिय अभय कुमार यादव, २१ वर्षिय रितेश कुशवाहा र गढिमाई नगरपालिका वडा नं ६ का १९ वर्षिय दिपेन्द्र कुमार यादव रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय ले जनाएको छ।

निज हरु ले पिडित हरु लाई विभिन्न मोवाईल नम्वर वाट फोन गरि आफु ईसेवा को आधिकारिक कर्मचारी भएको र ईसेवा आईडी बैंक खाता सँग लिंकअप तथा खाता नविकरण, केवाइसी फर्म अपडेट , स्टेटमेन्ट भेरिफाई र ट्रान्सफर चार्ज नलाग्ने साथै ५० % कैसव्याक रकम उपलव्द गराउने भनि विश्वास दिलाई झुक्काई पिडित हरु कै मोवाईल नम्वर मा ओटिपी पठाई उक्त कोड मागि लिए पश्चात ईसेवा का सेवाग्राही हरु कै वालेट आईडी तथा लिंकअप गरिएको बैंक खाता हरु मा समेत अनाधिकृत रुप मा पहँच गराई खाता हरु मा भएको रकम अन्य बैंक खाता र वालेट मा ट्रान्सफर गरि ठगी गरेको प्रहरी ले जनाएको छ।
ठगी कार्य मा संलग्न व्यक्ति हरु लाई रौतहट जिल्ला का विभिन्न स्थान वाट जिल्ला प्रहरी कार्यालय रौतहट को समन्वयमा पक्राउ गरि ठगी सम्वन्धि कसुर मा आवश्यक अनुसन्धान एवं कार्वाही को लागि जिल्ला प्रहरी परिसर टेकु पठाईएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय का प्रहरी उपरीक्षक एवं प्रवक्ता रविन्द्र रेग्मी ले जानकारी गराए।