जनकपुरधाम- मधेश प्रदेशमा आज सार्वजनिक दिइएको छ। प्रदेश राजपत्रमा उल्लेखित बलिदानी दिवसको अवसरमा माघ ५ गते प्रदेशभरि सार्वजनिक विदा भएको हो।
मधेश सरकारको गृह तथा संचार मन्त्रालयद्धारा जारी गरिएको प्रदेश राजपत्र २०७९ मा थप गरिएको विदाहरुमा माघ ५ गते बलिदानी दिवसको अवसरमा सार्वजनिक विदा दिइएको हो ।
माघ ५ गते मधेशको आन्दोलन स्मृति दिवस भन्दै देश संघीयतामा गएपछि मधेश सरकारले आजको दिन सार्वजनिक विदा दिदैँ आएको छ । प्रदेशको ८ वटै जिल्लामा आज सरकारी कामकाजहरु बन्द रहेको छ ।
प्रदेश सरकारले मधेश आन्दोलनको क्रममा शहादत दिएका वीर शहिदहरुको सम्झनामा प्रत्येक वर्ष ५ गते माघमा बलिदानी दिवस मनाउँदै आएको छ ।
सिरहा जिल्लाको लहान स्थित प्रथम मधेश आन्दोलनको क्रममा रमेश महतोले शहादत दिएको स्मरण गर्दै बलिदानी दिवस मनाउँदै आएको छ ।




