महोत्तरी- हाम्रो समाजमा महिला अझै पितृसत्तात्मक दबावमा रुमलिनु परेको छ । पुरुषले नै अझै समाजमा सवै ठुला निणर्य गर्ने देखि महिलालाई सेक्स टोय,घरायसी कामदार र आदेश पालकको रुपमा प्रयोग आएको छ । समाजले परिवर्तनलाई अंगाल्दै जादा पुरुषबाट दबिने महिलाको संख्यामा क्रमश कमी हुदै जादा पनि अझै धेरै महिलाले पुरुषबाट हिंसा,बलात्कार र अपहेलना सहनु परेकै छ । महिलाले कतै श्रीमतिको रुपमा त कतै प्रेमिकाको रुपमा र कतै कुनै नाता नहुदा समेत पुरुषको काम वासनाको सिकार हुनु परेको यथेष्ट उदाहरणहरु छन् ।
वि.सं. २०७५ भदौ १ मा फौजदारी कसुर सम्बन्धी नियमावली राजपत्रमा प्रकाशित भएर लागु भएपछि अदालतले संघियता झल्कने फरम्याटमा अदालतमा आउने मुद्दाहरुलाई दस्तावेजिकरण गर्न थालेको छ । सोहि समय देखि हालसम्मको अदालतको तथ्यांक हेर्दा १९९ बलात्कारका मुद्दा दर्ता भएका छन । दर्ता भएका सवै मुद्दामा पिडित महिला र नावालिका छिन । अदालतले परेको मुद्दा मध्ये ११४ मुद्दाको फैसला गरिसकेको छ भने अझै ८५ मुद्दा चालु अवस्थामा छ । जिल्ला अदालत महोत्तरीका श्रेस्तेदार मदन प्रसाद जयसवालकै भनाईमा ८५ मध्ये समेत केहि बलात्कारका मुद्दा दुई वर्ष भन्दा वढी पुराना छन । केहिमा डिएनए,अन्य जाच तथा अन्य जटिलता र प्राविधिक कारणले मुद्दाको फैसला हुन विलम्ब भएको छ । तथापी यस्ता प्रकृतिमा मुद्दाहरु अदालतले सक्दो निरन्तर सुनुवाईमै राख्ने गरेको उनको भनाई छ ।



अदालतमा सोहि अवधीका बलात्कार मात्र नभई बालविवाहका ४ मुद्दा चालु अवस्थामा छन भने ४ मुद्दाको फैसला भैसकेको छ। यता बहु विवाहका ३० मुद्दा चालु अवस्थामा छन भने २८ मुद्दा अझै चलिरहेको छ । अपवाद वाहेक बलात्कार बाहेकका अन्य सवै मुद्दाका पिडित महिला र नावालिका छिन ।
यता जिल्ला प्रहरी कार्यालयको तथ्यांक हेर्दा आर्थिक वर्ष ०७१/७२ देखि चालु आर्थिक वर्षको पौष मसान्तसम्म बलात्कारकै १६९ मुद्दा दर्ता भएका छन भने बलात्कार प्रयासका ८५ मुद्दा छन । चालु आर्थिक वर्षमैमात्र १८ बलात्कारका मुद्दा दर्ता भएका हुन । यता बलात्कार प्रयासका ३ मुद्दा छन । महोत्तरीमा बलात्कार भएकि मध्ये अधिकांश नावालिका,शारिरिक असक्त छिन । हालसम्म भएको बलात्कारका घटनाहरु मध्ये सवैभन्दा कम उमेर कि बालिका ८ महिना कि थिईन । उनको बलात्कार पछि हत्या भएको थियो ।
यो डरलाग्दो तथ्यांक एउटा जिल्लाको मात्र हो । अझै घरेलु हिंसाकै मुद्दा हेर्दा महिलाको अवस्था पुरुषले दयनिय बनाएर राखेका छन । आर्थिक वर्ष २०७७/७८ मा घरेलु हिंसाका ३२७,आर्थिक वर्ष २०७८/९ मा ४५६ र आर्थिक वर्ष २०७९/७० को असोज १३ गतेसम्म ९९ उजुरी परेको छ । परेको उजुरी मध्ये अधिकांशमा महिला नै पिडित छिन भने केहिमा पुरुष समेत पिडित छन । यता ठाडो निवेदन कै तथ्यांक हेर्दा आर्थिक वर्ष २०७७/७८ मा ३१०,आर्थिक वर्ष २०७८/७९ मा ३३९ र चालु आर्थिक वर्षको असोज १३ गतेसम्म १०७ उजुरी दर्ता भएको छ । ठाडो उजुरी र निवेदनमै समेत पुरुष भन्दा महिलाको संख्या अत्यधिक छ । अधिकांश उजुरीमा श्रीमान र परिवारका अन्य सदस्यले खान लाउन नदिएको,नागरिकता नबनाईदिएको,कुटपिट गरेको घर निकाला गरेको लगायतका छन् ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी कृष्ण पंगेनी भन्छन,“महिला,नावालिका र असक्त आजमात्र पिडित नभई पहिले पनि पिडित हुने गरेकि छिन । तथापी संघियता पछि उनीहरुमा आत्म विश्वास बढेको र आफुमाथि भएको अन्याय विरुद्ध कानुनसम्म पुग्नु पर्ने चेतना समेतमा वृद्धि भएकोले अहिले तथ्यांक वढी देखिएको छ । हामीले महिला,बालबालिका र जेष्ठ नागरिकसंग हुने कुनै पनि प्रकारको हिंसा वा घटनालाई गम्भिरता पुर्वक हेर्ने गरेका छौ । खास गरेर बलात्कार जस्ता मुद्दा हामी विशेष प्राथमिकताका साथ हेर्छौ । महोत्तरीमा घटित बलात्कार जस्ता मुद्दाका प्राय आरोपी हामीले पक्राउ गर्न सकेका छौ भने केहि आरोपी खुल्ला सिमाकै कारण फरार रहेपनि हामी उनीहरुलाई समेत नियन्त्रणमा लिई अदालत समक्ष पुर्याउन प्रतिवद्ध छौ । ” एसपी पंगनी थप्छन,“महिलामाथि अझै सोषण गर्ने पुरुषहरु समाजमा अत्यधिक भएकोले कतै बलात्कार,कतै हत्या,कतै बहु विवाह,कतै बालविवाह र कतै बोक्सीकै आरोप लगाएर पुरुषले उनीहरुलाई पिडित बनाएका छन । तथापी महिलाबाट पिडित भएका पुरुषहरु समेत नभएका होईनन ।”
हरेक स्थानिय तहमा महिलालाई आत्मरक्षाका गुणहरु सिकाउन तथा आफु विरुद्ध हुने हिंसाको प्रतिकार गर्न सिकाउन सक्दा घटनामा कमि आउने उनको विश्वास छ । अझै कहि कतै समस्या परे निर्भिकताका साथ प्रहरीलाई फोन गर्न उनी सुझाउछन ।
यता महिला अधिकारकर्मी लिला दियाली भन्छिन,“पितृसत्तात्मक समाजले महिलालाई दोस्रो नागरिकको दर्जामात्र दियो । महिलालाई घरमा दबाएर राखियो । उनीहरुलाई यौन प्यास मेट्ने साधनको रुपमा प्रयोग गरियो । अझै कतै पहुचको बलमा,कतै पावरको बलमा र कतै राजनितिक र सामाजिक प्रभावमा पिडितलाई विभिन्न जघन्य देखि सामान्य प्रकृतिका घटनाहरुमा समेत दबाउन खोजियो । अझै समाजमा महिलासंग हुने घटनाहरुमा उनीहरुलाई कानुनसम्मै पुग्न दिइएको छैन भने कतिपय पिडित कानुनसम्म पुगिसक्दा पनि उनीहरुलाई डर,धाक र प्रलोभन देखाई मुद्दा फिर्ता लिन यहि पितृसत्तात्मक समाजले दवाव दिएका छन । केहि मुद्दामा कसैको सहारा नपाएपछि पिडित पछाडी हटेको पनि उदाहरणहरु छन । ”
सामाजिक अभियन्ता तथा शोषित पिडित महिलाको हकमा काम गर्दै आएकि महिला अधिकारकर्मी गुन्जा राय भन्छिन,“कहिले राजनितिक, जातिगत, पुरुषार्थको वल, सामाजिक दवाव, आर्थिक चलखेल, पारिवारिक दवाव तथा अन्य धेरै कारकहरु छन जसले दर्ता भएका वाहेकको महिलाहरुसंग हुने जघन्य देखि न्यायको लागि आउनै पर्ने मुद्दाहरु कानुनको ढोकासम्म आउनै पाउदैनन । दर्ता भएकै मुद्दाहरुमा समेत कहिले प्रमाण अभावमा त कहिले अन्य विभिन्न दवावले पिडितको वयान नै बदलिदा दोषी सजायबाट बन्चित हुन्छ र पुनः सुरु हुन्छ उसको पौरुषार्थ देखाउने खेल । ”
बलात्कार कै बारेमा हामीले चर्चा गर्दै गर्दा झण्डै दुई वर्ष पहिले एक २० वर्षिया शारिरिक रुपले असक्त युवतीलाई घरमै पसेर एक ३५ वर्षिय पुरुषले बलात्कर गरे तर आजसम्म आरोपी पक्राउ पर्न सकेको छैन । बरु बारम्वार युवतीको परिवारले आरोपी पक्षबाट धम्की पाएका छन । युवती न बोल्न सक्छिन न आफ्नो प्रतिकार गर्न नै उनको पिडा कसले र कहिले सुनिदिने ?
महोत्तरीमा बलात्कारको डरलाग्दो अवस्थाले समाज कता तिर जादैछ भनेर अधिकांश अधिकारकर्मी र सरोकारवाला निकायको चिन्ताको विषय छ । गत आर्थिक वर्षको जेष्ठ तेस्रो सातासम्म बलात्कारका १९ घटनामा २० जना पिडित भएकिमा सो मध्ये अधिकांश नावालिक रहेको प्रहरी तथ्यांक छ । बलात्कार भएकि ६ वर्ष देखि १८ वर्ष मुनिका १६ जना नावालिक रहेकि थिइन । १८ वर्ष माथिका ४ जना पिडित थिइन । यता १८ वर्ष मुनिका ६ वालिकासंग सामुहिक बलात्कार भएको थियो । सामुहिक बलात्कार मुद्दामै एक १३ वर्षिया बालिकालाई पाचजनाले बलात्कार गरेकोमा प्रहरीले सो मध्ये ३ जनालाई समात्न सफल भएको थियो । गत आर्थिक वर्षको सोहि समयसम्म महोत्तरीमा सामुहिक बलात्कारका घटनाहरु समेतको आरोपी कुल २८ जना रहेकोमा प्रहरी भने १९ जनालाई पक्राउ गर्न सकेको थियो ।
“समाज विकृत भई नावालिकसंग समेत यस्तो जघन्य अपराध हुने गरेकोमा यसले समाजलाई नंग्याएको छ । अझै हाडनातामै समेत यस्ता करणी भएको पाइएकोमा अहिले परिवारकै सदस्यमाथी विश्वास गर्ने वातावरण छैन । समाज शिक्षित र सभ्य रहेको भनाईमात्रले समाज सभ्य र शिक्षिन नहुने भएकोले समाजमा फैलदै गरेको यस्ता महिला र वालिका प्रतिको आपराधिक जघन्य घटनाहरुले समाजमा कुनै पनि उमेर समुहका छोरी चेली सुरक्षित नभएको अवस्था छ । ”, अधिकारकर्मी दियाली बताउछिन् ।
यस्तो छ तथ्यांक :

घटना रोकेर रोकिन्न तर घटनाका कारणहरु औल्याउन सकियो र त्यसमाथि प्रयास गर्न सकियो भने निश्चय पनि यस्ता घटनामा कमि आउनेमा दुईमत छैन । महिलालाई हेर्ने दृष्टी र उनीसंग गरिने व्यवहारमा परिवर्तन नगरेसम्म समाजमाथिको पितृसत्तात्मक दाग सफा हुदैन । प्रयास तपाई हाम्रो घरबाटै गर्न आवश्यक छ ।




