बर्दिबास- महोत्तरीको बर्दिबासमा कम्बल वितरण गरिएको छ ।
तराईमा बढ्दो शितलहरलाई मध्यनजर गर्दै बर्दिबास नगरपालिका–१२ अभिमान टोलस्थित मुसहर बस्तीमा न्यानो कम्बल वितरण गरिएको हो ।
लायन्स क्लब रौतहट र लायन्स क्लब बर्दिबासको सहयोगमा मुसहर बस्तीका अतिविपन्न परिवार र एकल महिला लगायत २६ घरधुरीलाई फाइबर कम्बल वितरण गरिएको सहयोगी संस्थाले जनाएको छ ।
आइतबार उनीहरुलाई प्रदेशसभा सदस्य शारदादेवी थापाले कम्बल वितरण गरेकी हुन् ।