महोत्तरी - महोत्तरीमा मोटरसाईकलको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ । औरही नगरपालिकाको वडा नम्बर २ स्थित औरहीमा मोटरसाईकलको ठक्करबाट स्थानीय ६० बर्षीय गोगाई ठाकुर लोहारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सर्लाही जिल्लाको बरहथवा नगरपालिका वडा ३ बस्ने रोशन लाल महतोले चलाएको ना ३७ प ७२३१ नम्बरको मोटरसाइकलले पैदल हिडीरहेको ठाकुरलाई ठक्कर दिदाँ गम्भीर घाइते भई उपचारको क्रममा उनकाे मृत्यु भएको हो ।
घाइते ठाकुरको उपचारका क्रममा जनकपुरमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । ठक्कर दिने मोटरसाईकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सूरु गरेको जनाइएको छ ।