महोत्तरी- समाजसेवी एबम लोसपाका युवा नेता प्रमोद कुमार माहतोले चीसो बढेसँगै गौशालामा दाउरा वितरण गरेको छ । नगरपालिकाको कार्यालयको गेट अगाडी र गौशाला बजार लगाएत गौशाला नगरपालिकाको विभिन्न ठाउँमा दाउरा वितरण गरेको हाे । चोकचोकमा मानिसहरू जमघट हुने स्थानमा दाउरा वितरण गरेर आगोबाट न्यानो पार्ने काम गरेको समाजसेवी एबम लोसपाका युवा नेता माहतोले बताए ।

उनले आफ्नो खेतबाट खनेर राखेको २० ओटा रुखको खुटको दाउरा व्यक्तिगत लगानीमा नि:शुल्क गौशाला नगरपालिकाको चोकमा दाउरा वितरण गरिएको थियो । यसैगरी, गौशाला नगरपालिका ५ स्थित रहेको बिधुत कार्यालय अगाडीमा पनि दाउरा वितरण गरिएको थियो । नेता माहतोले गौशाला बजारको मेन चोकमा पनि दाउरा वितरण गरिएको थियो । केही दिनदेखि महोत्तरीलगायतका क्षेत्रमा चीसो बढेपछि समाजसेवी एबम लोसपाका युवा नेता माहतोले आज दाउरा वितरण गरेको स्थानीयहरुले बताए ।




दाउरा वितरण गरेर राम्रो काम गरेको स्थानिय सकिन्द्र महतोले बताए। यता समाजसेवी एबम लोसपाका युवा नेता माहतोले भने चीसोबाट बच्न चोकचोकमा सम्भव भएसम्म दाउरा वितरण कार्यलाई निरन्तरता दिने र यससँगै कपडाको आवश्यकता देखियो भने कपडा समेत वितरण गरिने बताएका छन् । उनले आज ३० क्वीन्टल दाउरा वितरण गरिएको बताएका छन् । दाउरा वितरण कार्यमा युवाहरुला लगाएर वितरण गरिएको थियो ।








