महेन्द्रनगर- धनुषा क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर स्थित सहकारी पेट्रोलपम्पबाट अव देखि २४औं घण्टा सेवा दिनेगरी संचालनमा आएको छ।
सहकारी संस्था महेन्द्रनगर द्धारा संचालित पेट्रोलपम्प स्थानिय सुशिल कुमार चौधरीले लिजमा लिइ शनिवार देखि संचालनमा ल्याएको छ ।




क्षिरेश्वरनाथ नगरपालिकाका नेकपा एमालेका नगर उपाध्यक्ष अनिल कुमार चौधरीको ३ वर्षीया छाेरी इसानि चौधरीको हातवाट सेवाग्राहीलाई पेट्रेल दिई उदघाटन गरेको संचालक सुशिल चौधरीले जनकारी दिए ।
साथै महेन्द्रनगरमा पहिलो चोटी सेवाग्राहीलाई मध्यनजर गर्दै २४औं घण्टा पेट्रोलपम्प संचालनमा ल्याएको संचालक चौधरीले बताए।
यस क्षेत्रमा पेट्रोल पम्प २४औं घण्टा संचालनमा आएपछि सेवाग्राही खुसी भएका छन् ।




