जनकपुरधाम- धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ स्थित इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत फोडेर ६ जना थुनुवा फरार भएका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाको अनुसार राति हिरासत फोडेर ६ जना थुनुवाहरू फरार भएका हुन् ।



हिरासतमा ७ जना थिए । जस मध्ये एकजना बाहेक सबै फरार भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी प्रदीपबहादुर क्षेत्रीले पुष्टि गरे।
डिएसपी क्षेत्रीका अनुसार दुईजना हातहतियार, तीनजना शान्तिसुरक्षा अभद्रव्यवहार,लागूऔषध र सवारी दुर्घटना मुद्दाका एक-एक जना थिए । जस मध्ये सवारी दुर्घटनाको मात्र बाँकी रहेका छन् ।
फरार हुनेहरूमा राेशन महताे र शंकर महताे हातहतियार मुद्दाका , हरिबिन्द सिंह लागू ओैषध, बिनाेद शर्मा, अमित मण्डल र राेशन यादव शान्ति सुरक्षा र अभ्रदव्यवहार मुद्दाका आराेपीहरू हुन्।
इलाका प्रहरीको भवन पुरानो एवं पछाडि पट्टिबाट जीर्ण रहेकाले फोडेर भाग्न सफल भएको प्रहरीको भनाइ छ ।





