महोत्तरी - महोत्तरी जिल्लाको मटिहानी नगरपालिका स्थित मटिहानी रंगशालामा जारी प्रथम मेयर कप फुटबल प्रतियोगितामा एभरेस्ट एकेडमी फुटबल क्लब सर्लाहीले धनुषा DFA लाई ४-२ गोलको अन्तरले पराजित गरी उक्त प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
आज मटिहानी रंगशालामा जारी प्रथम मेयर कप फुटबल प्रतियोगिताको पाँचौं खेल अर्थात पहिलो सेमीफाइनल खेल धनुषा DFA र एभरेस्ट एकेडमी फुटबल क्लब सर्लाही बीच भएको थियो।जसमा खेलको निर्धारित समयमा दुवै टिम १-१ गोलको बराबरी गरेको थियो त्यसपछि पेनाल्टीमा एभरेस्ट एकेडमी क्लब सर्लाहीले ४ र धनुषा DFA ले २ गोल मात्र हान्न सकेका थिए ।२ गोल हानेका एभरेस्ट एकेडमी सर्लाहीका रोहित तामाङ उक्त खेलको उत्कृष्ट खेलाडी बनेका छन्।
त्यसै क्रममा विजेता टिमलाई मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डलले बधाई एवं फाइनल खेलको लागि शुभकामना समेत दिनुभएको छ।त्यसैगरी उक्त प्रतियोगिताको दोस्रो सेमीफाइनल खेल भोलि ४ बजे APF ९ नं. गण हेड क्वाटर जलसागर र जलेश्वर फुटबल क्लब बीच मटिहानी रंगशालामा हुने छ ।