काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको नयाँ प्रस्तावबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आज पनि बस्दै छ। बिहान ११ बजे बस्ने छ।
यसअघि शनिबार राति साढे ८ बजेदेखि पार्टी कार्यालय वसुन्धरामा बसेको थियो।



प्रधानमन्त्री प्रचण्डले गृहको सट्टा भौतिक मन्त्रालय लिन आफूलाई प्रस्ताव गरेको रास्वपाका सभापति रवि लामिछाने बैठकमा बताएका थिए।
रास्वपाले आफूले गृह मन्त्रालय पाउनुपर्ने अडान राखेको थियो।
गृह नपाए सरकारबाट बाहिरिने चेतावनी समेत दिएको थियो। प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीले दुई दिनको समय मागेकाले दुई दिनका लागि बैठक स्थगित गरिएको थियो।
बिहीबारको रास्वपाको बैठकमा सभापति रवि लामिछानेले प्रधानमन्त्री प्रचण्ड तथा एमाले अध्यक्ष केपी ओलीले दुई दिनको समय मागेकाले दुई दिन पर्खौँ भनेका थिए।




