
जनकपुरधाम- धनुषाको जनकपुरधाम उपमहानगरपालिका-४, कटैया चौरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ।
दुर्घटनामा परी गम्भीर घाइते भएका धनुषा मुखियापट्टीका ४४ वर्षीय विजयकुमार साहको उपचारका क्रममा जनकपुरस्थित प्रादेशिक अस्पतालमा आइतबार बिहान पौने ४ बजे मृत्यु भएको हाे।
प्रहरीका अनुसार कुकुरलाई बचाउने क्रममा गए राति ज ७ प ५२३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएकाे थियाे।