![](https://shirishnews.com/wp-content/uploads/2023/02/madhesh-2.jpg)
जनकपुरधाम- मधेस सरकारका नवनियुक्त उद्योग पर्यटन तथा वन मन्त्रीमा सुनीता यादव र राज्यमन्त्रीमा रहबर अन्सारीले पद तथा गोपनियताको शपथ लिएका छन् ।
मंगलबार माओवादी केन्द्रबाट नियुक्त मन्त्री यादव प्रदेश प्रमुख हरिशंकर मिश्र र राज्यमन्त्री अन्सारी मुख्यमन्त्री सरोजकुमा यादवबाट शपथ लिएका हुन् ।
यो सँगै अब मधेस सरकारले पूर्णता पाएको छ । यसअघि मुख्यमन्त्री यादवले पुस २९ गते तीनजना मन्त्री र माघ २० गते ६ मन्त्री र ३ राज्यमन्त्री नियुक्त गरेका थिए ।
अब मधेस सरकारमा मुख्यमन्त्री, १० मन्त्री र चार राज्यमन्त्रीसहित मन्त्रीमण्डलको संख्या १५ सदस्य पुगेको छ ।