
महोत्तरी- बर्दिबास-३ का अध्यक्ष बिराट बिष्टले आफुमाथी लगाइएको आरोपको खण्डन गरेका छन ।
सडक निर्माणका क्रममा अनियमितताको प्रश्न उठेपछि उनले एक पत्रकार सम्मेलन गरि उक्त आरोपको खण्डन गरेका हुन ।
अध्यक्ष बिष्टले सामाजिक संजालमा फैलाइएको हल्ला पुर्णरुपमा निराधार र कपोलकल्पित भएको वताएका छन । `कामहरु छर्लङ्ग हुनेगरी गरिएको छ तर मलाइ लगाइएको आरोप प्रमाणित भए जुनसुकै सजाय भोग्न तयार छु ।´ उनले भने ।
अध्यक्ष बिष्टलाई अघिल्लो स्थानिय सरकारवाट निर्धारण भएको बजेटको काम नै नसकिकन भुक्तानी दिएको र रजावासमा गर्नुपर्ने काम पाटुमा ल्याएर गरेतापनी गुणस्तरिय काम नगरेको आरोप छ ।
रजावासमा निर्धारण गरिएको २५ लाख बजेट र वडा कार्यालय देखि शनि खोल्सीसम्म निर्धारण गरिएको ४० लाख बजेटमाथी विपक्षी पाटीले प्रश्न उठाएका हुन ।
६५ लाखको काम गर्दा जम्मा गर्नुपर्ने कामको लम्बाइ र मोटाइ नपुगेतापनी बजेट निकासा गरिसकेको स्थानिय टलक वहादुर परिवारले वताए ।
तर प्रावधिकहरुको निरीक्षणमा नै उक्त काम भएको अध्यक्ष बिष्टको दावी छ । अध्यक्ष बिष्टको दाविलाइ कतिपय स्थानियहरुले समेत समर्थन जनाएका छन ।
स्थानिय सुदर्शन घिमिरेका अनुसार प्रक्रियामा जे भएतापनी काम भने राम्रै देखिएको वताए । तर कतिपयले भने एउटै आर्थिक बर्षमा दुई वटा बजेटमा एकै ठाउँमा कानुनअनुसार काम गर्न नपाइने तर्क गरेका छन् ।