बर्दिवास- महोत्तरीको बर्दिवासमा जारी दोस्रो मेयर गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार भएको खेलमा पेमा युवा क्लब बिराटनगर विजयी भएको छ ।
आयोजकको तर्फबाट रहेको घरेलुु टिम बर्दिवास युथ क्लबलाई २ गोल गर्दै पेमा युवा क्लब बिजयी भएको हो । पेमा युवा क्लका तर्फबाट फागुराम चौधरीले खेल अवधी २ गोल गरेका थिए ।
चौधरीको गोल सगै मात्रै पेमा युवा क्लब्ले घरेलु टिमलाई पराजित पारेको हो । खेलको लागि चौधरी म्यान अफ द म्याच घोषित भए ।
चौधरीलाई बर्दिवास इलेक्ट्रोनिकले ५ हजार नगद पुरस्कार र शिल्ड प्रदान गरेको छ । २८ गते क्यामरुन एफसी काठमाडौं र झापा-११ झापा, २९ गते ब्वाईज युनियन क्लब काठमाडौं र धरान फुटबल क्लबबीच प्रतिस्पर्धा हुने खेलकुद समिति अध्यक्ष दिपेन्द्रकुमार शिवभक्तिले जानकारी दिनुभयो ।