
महोत्तरी - भ्यालेन्टाइन डे अर्थात प्रणय दिवस नेपासहित विश्वभर एकअर्काप्रति प्रेम साटासाट गरी मनाइन्छ । हरेक वर्ष फेब्रुअरी १४ मा विश्वभर यो दिवस मनाइंदै आएको छ ।पश्चिमा देशमा विशेष रुपमा मनाइने गरेको यो दिवस पछिल्लो दशकदेखि नेपालमा पनि मनाउने क्रम बढेको छ । नेपाली युवा पुस्तामा यो दिवस लोकप्रिय बन्दै गएको छ ।
इटलीका तत्कालीन शासक क्लाउडियसको तानाशाहीको विरुद्धमा उत्रिएका सेन्ट भ्यलेनटाइनलाई मृत्युदण्ड दिएको दिनको सम्झनामा यो दिवस मनाउन थालिएको हो ।
विशेषगरी यस दिन मन परेको व्यक्तिलाई प्रेम प्रस्ताव राख्ने र आफ्ना प्रियजन तथा आफन्तलाई उपहार दिने गरिन्छ तर बर्दिबासका दुई युवा सरोज गजमेर र मदन सुन्दासले फरक रूपमा मनाएका छन् उनीहरुले यस बर्षको प्रणय दिवसका दिन आउनुहोस् यो प्रेम दिवस बाताबरण सँग मनाउ भन्दै एउटा बिरुवा लगाउ मायाले हुर्काउ भन्दै बर्दिबास चोकमा ३0 वटा सयपत्री फुल रोपेको , २ वटा गुलाफको फुल रोपेर अन्य ब्यक्तिहरुलाई ५० वटा अशोक ,५० वटा धुपीको बिरुवा बाढेको छ । बिरुवा डिभिजन बन कार्यालय माइस्थान , ज्वाइको नर्सरी गार्डेन बाट उपलब्ध गराइएको थियो ।
आगामी दिनमा पनि यस्तै निरन्तर सामाजिक काम गर्ने र बाताबरण सुधार गर्न सबैको सहयोग आवश्यक रहेको सरोज गजमेरले भन्नू बताएका छन् ।