
महोत्तरी – जिल्लामा फागुन ११ गते बाट शुरु हुन लागेको हात्तीपाईले रोग विरुद्धको आम औषधी सेवन अभियानलाई प्रभावकारी बनाउन औरही नगरपालिकाले अभियानलाई तिब्र पारेको छ ।
अभियानलाई प्रभावकारी र लक्षित वर्गलाई अभियानमा सहभागि बनाउन स्वास्थ्य शाखा खटेर लागेको अभियानका संयोजक तथा पालिकाका स्वास्थ्य शाखा प्रमुख चन्द्रभुसन ठाकुरले बताए ।

अभियान अन्र्तगत औरही नगरपालिकाको वडा १ देखि ९ सम्म ९ ओटै स्वास्थ्य चौकीका स्वास्थकर्मी कर्मचारीहरु हात्तीपाईले रोग विरुद्को अनिवार्य औसधि खुवाउने अभियानको सामुदायिक स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको संयोजक ठाकुरले जानकारी दिए ।
सो अबसरमा समुदायद्धारा संचालित सामुदायिक स्वास्थ्य स्वयमसेविका, तथा विद्यार्थिहरुलाई अभिमुखिकरण गरिएको उनले बताए । अभिमखिकरण कार्यक््रममा पालिकाका स्वास्थ्य शाखा,स्वास्थकर्मी कर्मचारीहरु र स्वयमसेविकाले सहजिकरण गरेका थिए ।
