महोत्तरी – चुडामणि पोखरेल ऋषि नाम सुन्ने बित्तिकै इमान्दार, समाजप्रति बफादारी, निषपक्ष आदि मानसपटलमा किलिक भैइहाल्छ । यो चरित्रलाइ प्रमाणित गर्न पोखरेलले दर्जनौ सामाजिक संस्थाको सफल नेतृत्व, वडा अध्यक्षका माध्यमवाट गरेका काम र अन्य सामाजिक क्षेत्रमा गरेका कामहरु नै काफी छन ।
चुडामणी पोखरेल यो समाजको प्रीय नाम पनि हो । जिवनको आधा उमेर समाजिक सेवामा बिताइसकेका उन्ले अहिलेसम्म आफ्ना लागि केही कमाउन सकेनन तर समाजको लागी सवथोक कमाएका छन । जनप्रतिनिधिकोरुपमा वडा न.१ मा गरेका अनेकौ कामहरु हुन या उन्कै पहलकदमीमा भएका वनेका योजनाहरु हुन जस्ले बर्दिबास वडा न.१ को लागी अविष्मरणिय वनेको छ । बर्दिबास खानेपानी संस्थानको दुई पटक नेतृत्व समालिसकेका पोखरेलले खानेपानीलाइ एउटा उचाइमा पुर्याए । पानीका मुहान पहिचान गरेर योजना वनाउन होस या खानेपानीलाई दिर्घकालिन विकास गर्न होस उन्ले गरेका कामहरुको अहिलेपनी उपभोक्ताहरुले झलझल्ति सम्झिरहन्छन ।



खानेपानी संस्थानको आधार तयार गर्न पोखरेलले गरेको अथक संघर्ष निक्कै टिठलाग्दो छ । विभिन्न पारिवारिक अभावका वावजुत पनि पोखरेलले खानेपानीलाइ विगतमा गरेको संघर्षको परिणाम नै अहिलेसम्म टिकिरहेको छ । हुन त यसअघिको निर्वाचनमा पनि पोखरेलले उम्मेदवारी दिएका थिए । स्वच्छ मुल्यांकन नै नगरी राजनिती प्रतिसोधको सिकार बनेका नै कारण भोला खडकाले जिते । तर त्यो जितको खुसियाली लामो समयसम्म टिक्न सकेन । नेतृत्व असक्षम हुदा संस्था कसरी डामाडोल वन्दो रहेछ भन्ने यसअघिको नेतृत्वले सन्देश समेत प्रवाह गरेको छ ।

प्रत्येक १/१ बर्षमा हुनेपर्ने साधारणसभा ६ बर्षसम्म हुन नसक्नु, करौडौ रकमको पार्दर्शी हिसावकिताव बुझाउन नसक्नुजस्ता बिषयहरुले पोखरेलले विगतमा गरेको नेतृत्वको महसुस भयो । उपभोक्ताहरुको चौतर्फी माग पोखरेलको नै हुन थालेपछी उनी अहिले चुनावी प्रतिस्पर्धामा होमिएका छन । सवै पाटीको साझा सहमती पोखरेललाइ नै उम्मेदवार वनाउने वनेपछी सवै पाटीवाट उनी साझा उम्मेदवार वनेका छन । के माओवादी केन्द्र, के नेकपा एमाले, के नेपाली काङ्ग्रेस सवै पाटीका स्थानिय नेताहरु पोखरेलको आवस्यक्तालाइ महसुस गरि कम्मर कसेर लागीपरेका छन ।
पोखरेल वास्तव मै विगतमा गरेका कामहरुले ब्यक्तीभन्दा बढी संस्था वनेका छन उन्ले जसरी सामुहिक स्वार्थलाइ सर्वोपरि ठाने त्यसैगरी उपभोक्ताहरुले अहिले उन्लाइ खानेपानीको सवथोक ठानेका छन । त्यसै कारण पोखरेल खानेपानी संस्थानका भबिष्य मात्र हैनन अन्नगिन्ती आशा र अपेक्षाका धरोहर पनि हुन । पोखरेललाइ नजिकवाट चिन्नेहरु के भन्छन भने चुडामणीले सार्वजनिक पदमा बसेर कहिल्यै दुरुपयोग गरेन बरु सिर ठाडो हुनेगरी एउटा सुस्कृत नेतृत्वको स्थपनाले पोखरेललाइ देखाएर उदाहरणिय वन्न प्रेरित गर्यो । यहाँ एउटा महत्वपूर्ण जोडनै बिर्सियो ।
यिनै पोखरेलले नेतृत्व समाल्दा २०७२ सालमा देशैभरीवाट गरिएको सर्वेमा उन्को नेतृत्व उत्कृष्ट रहेको ठहर भएपछी उनी पुरुस्कृत समेत बनेका थिए । बढदो जनघनत्वको विचमा खानेपानीको माग दिनानुदिन बढीरहेको वेला यदि खानेपानीमा पोखरेल जस्तो ओजिलो नेतृत्व पाएमा दिर्घकालिन समस्या सावधान हुनेमा कुनै दुइमत छैन । अझ अचम्म लाग्दो बिषय त काहानिर छ भने अघिल्लो नेतृत्वलाइ जिताउन मोर्चाबन्दी गरेका स्थानिय समाजसेवी, राजनिती दल तथा उपभोक्ताहरु नै पोखरेलको समर्थनमा जुटेका छन ।
अहिले पोखरेल प्यानल पुतली छापवाट उपाध्यक्षमा नोरमणी पोखरेल, सचिवमा उमेश महतो, कोषाध्यक्षमा पर्शुराम गिरि, सदस्यहरुमा राजु ढुंगाना, गंगा वहादुर कार्की, हिमाली धमाल देउवा, सर्मिला परियार र भक्त कुमारी थापा रहेका छन । त्यसैले सम्पुर्ण टिमलाइ पुतली छापमा भोज्त हालेर अत्याधिक मतले विजयी गराऔ ।




