काठमाडौं- नेपाली कांग्रेस नेता रामचन्द्र पौडेलले राष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराएका छन् । पौडेललाई कांग्रेस सहीत ८ दलकोसमर्थन छ।
पूर्व सभामुख रहेका नेता पौडेलले शनिबार संसद भवन नयाँ बानेश्वरस्थित निर्वाचन अधिकतको कार्यालयमा पुगेर मनोनयन दर्तागराएका हुन् । पौडेलको प्रस्तावकमा शेरबहादुर देउवा, माधव कुमार नेपाल, नारायणकाजी श्रेष्ठ, अशोक कुमार राई र अब्दुल खानरहेका छन् ।
यस्तै, समर्थकमा महन्थ ठाकुर, पूर्णबहादुर खड्का, रञ्जिता श्रेष्ठ, चित्रबहादुर केसी र हितराज पाण्डे रहेका छन् ।
पौडेललाई माओवादी केन्द्र, जसपा, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी, लोसपा, जनमत पार्टी र राष्ट्रिय जनमोर्चालेसमर्थन गरेका छन्। यसअघि आजै एमालेका तर्फबाट राष्ट्रपतिमा सुवाष नेम्वाङको पनि उम्मेदवारी दर्ता भएको छ। आजै दिउसो ४ बजेराष्ट्रपतिको नामावली प्रकाशन हुनेछ।


