
काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश सरकारबाट बाहिरिएको छ ।
शनिबार साँझ तीनै जना मन्त्रीले मुख्यमन्त्री शालिकराम जमकट्टेल समक्ष राजीनामा बुझाएको हो ।
प्रदेश सरकारमा सहभागी राप्रपा संसदीय दलका नेता तथा खानेपानी, ऊर्जा तथा सिंचाइमन्त्री उद्धव थापा, पर्यटन, उद्योग तथा सहकारीमन्त्री डम्बरबहादुर तामाङ र वन तथा वातावरण मन्त्री राजु बिष्टले राजीनामा बुझाएका हुन्।
राप्रपा केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलको शनिबार बिहान बसेको संयुक्त बैठकले संघीय र प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको थियो।
यसअघि संघीय सरकारमा सहभागी राप्रपाका मन्त्रीले दिउँसो नै प्रधानमन्त्रीसमक्ष राजीनामा दिइसकेका छन् ।