जनकपुरधाम- धनुषा प्रहरीले कटुवा पेस्तोल सहित एकजनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा हंसपुर नगरपालिका–४ बस्ने २२ वर्षीय भरोस पासवान रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषा र प्रहरी चौकी कपिलेश्वरबाट खटेको गस्ति टोलीले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१७ तेतरिया बजारबाट पासवानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी बेद प्रकाश गौतमले जानकारी दिए ।
पासवानमाथि शंका लागेर शरिर खानतलासी गर्दा उनको ज्याकेटको खल्तीबाट कटुवा पेस्तोल १ थान र त्यसमा लाग्ने गोली १ राउण्ड बरामद भएको डीएसपी गौतमले बताए ।
हतियारसहित पक्राउ परेका पासवानलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर हातहतियार तथा खरखजाना मुद्दा शिर्षकमा म्याद लिई थप अनुसन्धान कार्य भइरहेको उनले जानकारी दिए ।