
जनकपुरधाम- धनुषा प्रहरीले मालपोत कार्यालय जनकपुरधामबाट सेवाग्राहीसँग बार्गेनिङ गरिरहेका एक बिचौलियालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जनकपुरधाम उउमहानगरपालिका–१६ कपिलेश्वर बस्ने ४६ वर्षीय प्रदिप प्रसाद पासवान रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
जनकपुरधाम उपमहानगरपालिका–४ स्थित मालपोत कार्यालयमा आउने सेवाग्राहीलाई काम छिटो छरितो गराइदिन्छु भनि आर्थिक लाभ लिएर बिचौलियाको काम गरिरहेको गोप्य सूचनाको आधारमा सेवाग्राहीहरूसँग बार्गेनिङ गरिरहेको अवस्थामा पासवानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।