
जनकपुरधाम- नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले तिनै तहको सरकारले बनाइरहेको सञ्चार नितीहरुमा रहेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुन्ठित हुने किसिमको बुदाँहरु संसोधन नभए आफनै नेताहरु विरुद्व सडक आन्दोलन सम्म गर्न बाध्य हुने बताएका छन् ।
जनकपुरधाममा नेपाल प्रेस युनियनको आथित्यतामा भएको नेपाल प्रेस युनियन मधेश प्रदेश कार्यसमितिको पदस्थापन तथा पूर्ण बैठक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लम्सालले तिनै तहको सरकारले बनाइरहेको सञ्चार नितीका ड्राफ्टहरु आफुहरुलाई उपलब्ध भएको भन्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुन्ठित हुने खालका बुदाहरुका साथै प्रेस विरुद्वका कुनै पनि निति, नियम सह्य हुन नसक्ने बताए ।
कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले योग्य व्यक्तिहरुको आगमनले संगठन झनै मजबुत हुने भएकाले काम गर्न आग्रह गरे । लोकतन्त्रमा युनियनको पनि उतिकै महत्वपुर्ण योगदान रहेको उनले बताए ।
सो अवसरमा धनुषामा दुई चर्चित पत्रकार प्रेस युनियनमा प्रवेश गरेका छन् । नव प्रवेशीहरुमा एसपी खवरका प्रधान सम्पादक पुरन रौनियार र पत्रकार प्रमोद कुमार साह रहेका छन् ।

युनियनमा प्रवेश गरेकाहरुलाई समेत समारोहमा प्रमुख अतिथि नेता विमलेन्द्र निधी र युनियन अध्यक्ष शिव लम्सालले स्वागत गरेका छन् ।

त्यसैगरी केहि दिन पुर्व बाराको कलैयामा सम्पन्न अधिवेशनबाट सत्य प्रकाश श्रेष्ठको अध्यक्षतामा उपाध्यक्ष धिरेन्द्र प्रसाद साह, उपाध्यक्ष सोम दियाली, उपाध्यक्ष रमिता नेपाल, महासचिव अजय साह, सचिव सन्तोष पाण्डे, पुस्तिका केसी, मनोज कुमार माझी र कोषाध्यक्ष उदय दास थारु रहने गरि युनियनको नयाँ प्रादेशिक समिति गठन गरिएको थियो ।
नव निर्वाचित पदाधिकारीहरुलाई आज पदभार ग्रहण समेत गराइएको छ।