काठमाडौं- वर्षकै ठूलो भिडन्त मानिएको फिल्म ‘छक्का पञ्जा ४’ र ‘छड्के २’को आजबाट प्रदर्शनमा आउँदैछ। दुई फिल्ममध्ये ‘छक्का पञ्जा ४’ले देशभरका मल्टिप्लेक्समा बढी सो पाएको छ । तर यही सिरिजका पूर्व फिल्मको तुलनामा फिल्मको बुकिङ कमजोर देखिएको छ ।
अघिल्ला सिरिजले बुकिङ खुले लगत्तै आक्रामक व्यापार गर्ने गरेका थिए।



‘छड्के २’ त बुकिङमा झनै कमजोर देखिएको छ। ‘छक्का पञ्जा ४’ भन्दा हल सङ्ख्यामा पछि परेको यो फिल्म बुकिङमा पनि पछाडि छ। अहिलेकै लय कायम रहने हो भने ‘छड्के २’ अनमोल केसीको अहिलेसम्मकै कमजोर ओपनिङ गर्ने फिल्मको रुपमा यो फिल्म दर्ज हुनेछ।
ढिला गरी ट्रेलर सार्वजनिक गरेका दुवै फिल्मका टिजर–ट्रेलरले युट्युब ट्रेन्डिङमा ठाउँ बनाएका थिए।
कलाकारहरू दीपकराज गिरी, दीपा श्री निरौला, निर्मल शर्मा, केदारप्रसाद घिमिरे, बुद्धि तामाङ, निर शाह, राज आचार्य, मलिना जोशी, बेनिशा लगायतका कलाकारहरूको अभिनय रहेको छक्कापन्जा ४ चलचित्रलाई हेमराज बीसीले निर्देशन गरेका हुन् ।
निर्माताहरू दीपेन्द्र खाँनिया र केशव न्यौपानेले संयुक्त रुपमा निर्माण गरेको चलचित्रमा दीपकराज गिरीको कथा, कविराज गहतराजको कोरियोग्राफी, श्रद्धा मास्केको मेकअप र नरेन्द्र मैनालीको छायाङ्कन रहेको छ । चलचित्रमा कलाकारहरू केदारप्रसाद घिमिरे र निर्मल शर्मा कार्यकारी निर्माताका रुपमा समेत प्रस्तुत भएका छन् ।




