![](https://shirishnews.com/wp-content/uploads/2023/03/IMG_20230306_152701-scaled.jpg)
महोत्तरी - लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता, कार्यकर्ताहरु लगायत आठ दलकका नेता, कार्यकर्ताहरुले एक मन्चमा एक साथ होलीको शुभकामना आदान प्रदान गरेका छन् ।
सोमवार लोसपा नेपाल औरही नगरपालिकाको नगर समितिले द्वारा “मधेस होली मिलन तथा शुभकामना आदान प्रदान ब्यानरमा आयोजित कार्यक्रम” वडा १ स्थित औरही बजारमा भव्य रुपमा मनाइएको हो ।
कार्यक्रमा औरही नगरपालिका भित्र रहेका आठ दलका नेता कार्यकर्ताहरुले एक आपसमा रङ दलेर होली पर्व मनाएका हुन् ।
पात्रो अनुसार पहाडमा सोमबार र तराईमा मंगलवार होली पर्व मनाइने भएपनि होली पर्वको पूर्वसन्ध्यामा आजै नगर भित्र रहेका नेता र कार्यकर्ताहरुले होली पर्व मनाएका हुन् ।
होली कार्यक्रमको अध्यक्षतामा लोसपा नेपालका नगर समितिका अध्यक्ष दरेश यादव, प्रमुख अथिति जिल्ला समन्वय समितिका प्रमुख सुमन लाल कर्ण, बिशिस्ठ आथिति औरही नगरपालिका नगर प्रमुख प्रदिप खड्का,उप प्रमुख रेणु झा,लोसपाका वडा अध्यक्षहरु लगाएत आठ दलका नगर अध्यक्ष आठ पार्टीका कार्यकर्ता, ब्यापारिवार्गहरु र स्थानीय युवा वर्गहरु सहित सहभागिता रहेको थियो।
कार्यक्रममा उपस्थित भएका सबै नेताहरुले होली पर्वको शुभकामना आदान प्रदान गरेका थिए। समारोहमा एक–आपसमा रंगहरु दलेर उत्सव मनाइएको थियो भने बाजागाजा सहित हाेली गीत पनि गाइएको थियो ।