महेन्द्रनगर- धनुषाको क्षीरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरस्थित सखुवा रोडमा एक फर्निचर उद्योगमा गएराति आगलागी भएको छ । सखुवा रोडमा रहेको न्यू कृष्णा फर्निचर उद्योग तथा शो रुममा आगलागी भएको हो ।आगलागीबाट फर्निचर उद्योग रहेको घर, तयारी अवस्थामा रहेको शोफा, फर्निचरका सरसमान, प्लाई पुर्ण रुपमा जलेर नष्ट भएको छ ।
प्रहरीका अनुसार स्थानीय महेश शर्माले संचालन गर्दै आएको सो फर्निचरमा आगलागीबाट अन्दाजी ५५ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।स्थानीयहरुका अनुसार बुधवार राति सवा ९ बजेको समयमा फर्निचरमा अचानक आगो लागेको थियो । तर नजिकै क्षीरेश्वरनाथ नगरपालिकाको वारुण यन्त्र भन्ने आगो नियन्त्रणका लागि काम लागेन ।
ढल्केवरबाट गएको वारुण यन्त्र, श्रीनाथ गणका नेपाली सेना, नेपाल प्रहरी र स्थानियवासीहरुको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो ।आगलागीको कारण भन्ने खुल्ल नसकेको र आगलागी घटनाबारे अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।यसैबीच क्षीरेश्वरनाथ नगरपालिकाको वारण यन्त्र महेन्द्रनगरकै ईलाका प्रहरी कार्यालय अगाडी पार्किंग गरी राखिएको भएपनि आगलागी नियन्त्रणका लागि भने काम लाग्ने गरेको छैन् ।
महेन्द्रनगरमा पटक पटक आगलागीको घटना भएरको व्यापारीहरुको लाखौंको क्षति भएपनि क्षीरेश्वरनाथ नगरपालिकाको वारुण यन्त्र आगो निभाउन कुनै काम नलागेको क्षीरेश्वरनाथ उद्योग वाणिज्य संघका अध्यक्ष सुरेश यादवले बताउनुभयो ।हावाहुरीको समय आएपनि वारुण यन्त्रको संचालनका लागि नगरपालिकाले कुनै चासो नदेखाएको स्थानीयहरुको गुनासो छ ।
नगर क्षेत्रमै आगलागीको घटनाहरु बारम्बर भईरहेको हुँदा पनि वारुण यन्त्र संचालनका लागि चासो नलिई नगरपालिकाका जनप्रतिनिधीहरु आगलागी घटनामा मुकदर्शक बनेको आरोप स्थानीयहरुको रहेको छ ।महेन्द्रनगरमै रहेको अग्नी नियन्त्रक वारुण यन्त्र काम नलाग्दा बाहिरबाट मगाउनु परेकाले समयमै आगो निभाउन नसक्दा बढी क्षति हुने गरेको छ ।