महोत्तरीमा अज्ञात समूहको सांघातिक आक्रमणमा परेर गम्भिर घाईते भएका पत्रकार नवीन चौधरीलाई काठमाडौं लगिएको छ ।
जनकपुरधामस्थित जानकी हेल्थ केयरको आकस्मिक कक्षमा उपचाररत चौधरीको स्वास्थ्य उपचारमा जटिलता देखिएपछि थप उपचारका लागि उनलाई काठमाडौं लगिएको हो ।
जनकपुरधाममा पत्रकार चौधरीको स्वास्थ्य उपचारमा समस्या देखिएपछि थप उपचारका लागि उनलाई यति एयरलाईन्सको विमानबाट काठमाडौं लगिएको नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका सहसचिव रामनारायण महतोले जानकारी दिए ।
बुधवार अपरान्हको समयमा होलीको समाचार संकलनका लागि जलेश्वर नगरपालिका–५ चौरीया पुगेका पत्रकार चौधरीमाथि आक्रमण भएको थियो । अज्ञात समूहको वियरको बोतल प्रहारबाट गम्भिर घाइते भएका पत्रकार चौधरीलाई उपचारको लागि तत्कालै जनकपुरधामस्थित जानकी हेल्थ केयरमा ल्याइएको थियो । आकस्मिक कक्षमा उपचाररत चौधरीको उपचार जनकपुरमा सम्भव नभएपछि थप उपचारको लागि काठमाडौं लगिएको हो ।
यता पत्रकारसम्बद्ध संघसस्थाहरुले उक्त घटनाको निन्दा गरेका छन् । नेपाल पत्रकार महासंघ महोत्तरी शाखा, नेपाल प्रेस युनियन महोत्तरीलगायतका संघसस्थाहरुले समाचार संकलनमा खटिएका चौधरीलाई अज्ञात समूहले नियन्त्रणमा लिई निर्घात कुटपीट र वियरका बोतलले टाउकोमा प्रहार गरी मरणासन्न अवस्थामा पुयाएको भन्दै घटनाको घोर भत्र्सना गरेको छन् ।
उनीहरुले घटनामा संलग्न दोषीहरुलाई यथाशिघ्र पक्राउ गरी हदैसम्मको कारवाही गर्न माग गरेका छन् ।