
महोत्तरी- ११३ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवस अर्थात ८ मार्च “लैंगिक समानताको बलियो आधारः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार” नारा सहित महोत्तरीमा विविध कार्यक्रमको आयाेजना गरी मनाईएको छ ।
ओरेक तथा महिला मानव अधिकार रक्षक संजालको अगुवाईमा विभिन्न संघ संस्था अधिकारकर्मी , शिक्षक वर्ग बुद्धिजिवी , किशोर किशोरी , सुरक्षा निकाय , पत्रकार लगायतको सहभागितामा विहान प्रभात फेरी र्याली निकालिएको थियो ।
विहान ८ बजे जलेश्वरको बुद्धिजिवी चौकबाट सुरु भएको प्रभात फेरी र्याली मठिहानी चौक, महेन्द्र चौक हुदै शंकर चौकमा आई कोण सभामा परिणत भएको थियो ।

कोण सभालाई सम्बोधन गर्दै सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले हाम्रो समुदायमा समान कामको समान ज्यालामा समेत महिला माथि अन्याय गरिएको अवस्था अझ पनि यथावत रहेको बताए । उनले समुदायमा महिलावाद दृृष्टिकोणले सोचमा परिर्वतन गरि महिलाको हक अधिकारको लागी महिला स्वयले आवाज उठाउदै अगाडी आउनुपर्ने बताए ।
एसपी प्रकाश मल्लले वास्तवमा महिला विरुद्धको भेदभाव हुनुको मुल कारण पितृसत्ता,अशिक्षा , परम्परागत कुरीतिहरु हम्रो समुदायमा मुल समस्याको रुपमा रहेको बताए।

ओरेककी महोत्तरी जिल्ला संयोजक विणा सिंहले यस प्रकारको कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताइन्। उनले महिला तथा किशोरी सम्बन्धी घटनाहरु प्रहरी कार्यालय स्थित महिला सेलमा जाने भएको हुनाले महिला मैत्री सेवा प्रदान गर्नुपर्ने बताइन् ।
त्यसैगरी महिला हिंसाको अवस्था बारे अन्तरक्रिया कार्यक्रम मटिहानीे नगरपालिकाको सभाकक्षमा आयोजना गरी सम्पन्न गरिएको छ ।

मटिहानी नगरपालिकाका उपमेयर मन्जु साहको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा नगरपालिकाको कार्यपालिका सदस्य , स्वास्थ्य कर्मी , स्वयमसेविका , शिक्षक , महिला अधिकार कर्मी लगायत समुदायका बुद्धिजिवी वर्गको समेत सहभागीता रहेको थियो ।

सो अन्तरक्रिया सहजीकरण महिला तथा बालबालिका शाखाको दिपा दासले गरेकी थिइन् ।