महोत्तरी - महोत्तरी गाउपालिका पुर्ण खोप गाउपालिका घोषणा गरिएको छ । गाउपालिका परिसरमा आयोजित एक कार्यक्रममा महोत्तरी गाउपालिकालाई पुर्ण खोप गाउपालिका घोषणा गरिएको हो । मधेश प्रदेश स्वास्थ्य निर्देशनालय सपहीका स्वास्थ्य निर्देशक डा.राजिव कुमार झाको प्रमुख आतिथ्यमा सो घोषणा गरिएको हो ।
महोत्तरी गाउपालिकाका अध्यक्ष दिलिप कुमार पाण्डेयको अध्यक्षतामा भएको सो घोषणा कार्यक्रममा स्वास्थ्य कार्यालय महोत्तरीका कार्यालय प्रमुख भोला यादव,महोत्तरी गाउपालिका कार्यकारी अधिकृत प्रविण कुमार झा,युनिसेफका आन्डी टोमा,गाउपालिका वडाअध्यक्षहरु,स्वास्थ्य संयोजक ईन्द्रप्रसाद यादव लगायतका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

जन्मदेखि २ वर्षसम्म १३ किसिमका खोप लगाएका बालबालिकाहरुलाई पुर्ण खोप लिएको श्रेणीमा राख्ने गरिएकोमा महोत्तरी गाउपालिकामा ९५ प्रतिशत भन्दा वढी बालबालिकाले पुर्ण खोप लिईसकेकोमा पालिका पुर्ण खोप घोषणा गरिएको हो । पुर्ण खोप घोषणा कार्यक्रमका प्रमुख अतिथि डा.झाले अझै जिल्लाका १२ पालिका पुर्ण खोप पालिका घोषणा गर्ने चरणमा रहेको बताउदै पुर्ण खोप घोषणा भएको पालिकाहरुले खोपलाई निरन्तरता दिनु अतिआवश्यक रहेको बताए ।
उनले पुर्ण खोप बालबालिकाको अधिकार भएकोले यसबाट बालबालिकालाई बन्चित गर्नु नहुने बताउदै पुर्ण खोप घोषणा पश्चात समेत यसलाई नछुटाई निरन्तरता दिन आग्रह गरे । स्वास्थ्यको सुचकाँक लगायत अन्य विभिन्न विषयमा मधेश प्रदेश पछाडी रहेको बताउदै डा.झाले अर्को जटिल समस्याको रुपमा रहेको कुपोषणबाट समेत बालबालिकालाई सुरक्षित राख्न आवश्यक रहेको थपे ।
यता गाउपालिका अध्यक्ष पाण्डेयले समेत अहिले पुर्ण खोपको लक्ष्य प्राप्त गरेको महोत्तरी गाउपालिकाले सो उपलब्धीलाई जोगाएर राख्ने प्रतिवद्धता व्यक्त गरे । उनले अझै अशिक्षाको कारण सवैले खोपको महत्व बुझ्न नसकेकोले केहि व्यक्तिले आफ्नो बालबालिकालाई खोपबाट बन्चित राख्ने गरेकोमा खोप बालबालिकाको सुरक्षाको लागि भएकोले बालबालिकाको सुरक्षासंग खेलवाड नगर्न आग्रह गरे ।




