काठमाडौं - लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी र नागरिएक उन्मुक्ति पार्टी (नाउपा) बीच कार्यगत एकता गर्ने सहमति भएको छ ।
यी पार्टीबीच शनिबार भएको आपसी समझदारीको आधारमा सहकार्य गर्ने सहमतिपत्रमा लोसपा अध्यक्ष महन्थ ठाकुर, जनमतका सीके राउत र नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले हस्ताक्षर गरेका छन् ।
नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठका अनुसार नागरिकता ऐन जारी, राजबन्दीको मुद्दा फिर्ता, पूर्वसहमति कार्यान्वयन र उपराष्ट्रपतिको उम्मेदवार सघाउने गरी कार्यगत एकताको सहमति भएको हो ।
यी दलहरु ९ दलीय गठबन्धनमा रहेपनि उपराष्ट्रपति निर्वाचनका लागि सहमति नजुटेपछि उनीहरुले जनमत पार्टीको तर्फबाट ममता झालाई उम्मेदवार बनाएका छन् ।
सत्ता गठबन्धनले भने उपराष्ट्रपतिको आधिकारिक उम्मेदवारको रुपमा जनता समाजवादी पार्टीका रामसहाय प्रसाद यादवलाई अघि सारेको छ ।
यहि चैत ३ गते उपराष्ट्रपति पदको लागी निर्वाचन हुँदैछ ।