गत बुधबार मिथिलांचल क्षेत्रमा होली पर्व मनाइएको छ । मंगलवार अन्तगृह परिक्रमा घुमेको भोलीपल्ट यहा होली मनाइएको हो। तथापी पहाडमा होली भने सोमवार र मंगलवार समेत मनाइएको हो । तर मिथिला क्षेत्रमा होली अन्तगृत घुमेको भोली पल्ट नै मनाइने गरिएकोले बुधवारमात्र मनाइएको हो । यहा होली पर्व मनाईरहदा पछिल्लो वर्षहरु झै मदिरामा लठिएकाहरु यत्रतत्र भेटिए । कोहि मदिरा सेवन गरेर सडकमा कोहि खुल्ला चौरमा र कोहि अस्पतालमा भेटिए ।
सडक र खुल्ला चौरमा हुनेहरु पछि होस खुल्नासाथ घरतिर लागेभने अस्पताल पुगेकाहरु विभिन्न सडक दुर्घटनामा परेर उपचार गराईरहेको भेटिए । कसैको हात कसैको खुट्टा भाचिएको अवस्थामा भेटिए भने साना तिना चोट पटक र काटिएको दर्जनौ व्यक्ति अस्पतालमा उपचाररत थिए ।
नेपाल पत्रकार महासंघ महोत्तरीका कार्यसमिति सदस्य तथा एपीवन टेलिभिजनका महोत्तरी सम्बाददाता नविन चौधरी समेत मदिरा सेवनकर्ताकै सिकार भए र कुटिए । उनी अझै उपचारमा छन । टाउकोमा बियरको बोतलको चोट र जिउभरि परेको चोटले उनी मर्माहत भएका छन । तथापी उनलाई कुटपिट गर्ने मध्येको एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटना वारे प्रहरीले अनुसन्धान गरिरहेकोले घटनामा दुई पक्ष मध्ये कुन दोषी र पत्रकार चौधरी समेतले सोहि भट्टीमा मदिरा सेवन गरे वा नगरेका सहितका अन्य तथ्यहरु वारे बुझिरहेको छ । यसवारे विस्तृत प्रहरी प्रतिवेदनले सार्वजनिक हुने नै छ । धेरै लेखिरह्नु परेन । तर जुन परिस्थिति भएपनि कसैले कसैलाई कुनै बहानामा कुटपिट गर्ने अधिकार राख्दैन । आफ्नै गाउको भट्टीमा कुटिएका पत्रकार चौधरी महोत्तरीका नाम चलेका पत्रकार हुन् ।
तर पत्रकार चौधरी र होली कै दिन अस्पताल पुगेका दर्जनौ केसको सन्दर्भ मदिरासंगै जोडिएको छ । पत्रकार चौधरीलाई मदिरा सेवन गरेर केहि भारतिय नागरिकले कुटे भने अन्यहरु मदिरा सेवन गरि सडकमा हिड्दा र मोटरसाईकल तथा अन्य सवारी चलाउदा दुर्घटनामा परे । कोहि होली खेल्ने क्रममा साथीहरुसंगै मदिराको झोकमा भिडे र घाईते भए ।
जलेश्वर नगरपालिका ११ पिगौनामा एकजनाले आफ्नै साथीलाई मदिरा सेवनगरि गालामा टोकेर मासु नै निकालिदिए । उनको समेत जनकपुर स्थित चन्द्रकला अस्पतालमा शल्यकृया भयो । जनकपुर स्थित जानकी हेल्थ केयरमै समेत साझ हुदै जादा मदिरा सेवन पछि भएको कुटपिट र सवारी दुर्घटनामा घाईतेहरुको लाईन लागि रह्यो ।
होली खुशी मनाउने पर्व हो । यो पर्व एक आपसमा रंग लगाएर खुशी मनाउने र एक अर्काको जिवन रंगहरु जस्तै रंगले भरिएको होस भन्ने कामना गरेर मनाइने पर्व हो । तर विगत केहि वर्ष देखि यसलाई लागुऔषध सेवन र मदिरा सेवनको पर्वको रुपमा केहिले परिभाषित गर्दै आएका छन । यो विकृत समाजको प्रारम्भ हो । यसलाई अझै नियन्त्रणमा लिन सकिएन भने वास्तवमै होली मनाउन चाहनेहरु घरबाट समेत निस्कन डराउने छन् ।
होलीको दिन मदिरा सेवन गर्नुलाई यहा सामान्य मानिएपनि यसले होलीको पुरा मजालाई भने बर्बाद पार्ने हुन्छ । मदिरामा लठिएपछि होली खेलेको प त्तै नहुने,खेल्दा पनि महिलासंग अर्मादित होली खेल्ने सम्भावना अत्यधिक हुने भएकोले होलीमा मदिराको मात्रा घटाउनु पर्ने सामाजिक अभियन्ताहरुको सुझाव छ ।
नेपाल सरकारले लाईसेन्स दिएरै मदिरा पसलहरु संचालन भैरहेको र उनीहरुले राजश्व समेत तिरिरहेकोमा उनको व्यापार नै बन्द गर्न भन्दा मदिरा व्यवसायीहरु आन्दोलनमा उत्रन सक्ने भएकोले यसलाई व्यवस्थित तरिकाले विक्री वितरणको लागि मापदण्ड लागु गर्नु भने आवश्यक छ । कुन उमेरका मानिसले मदिरा सेवन गर्न हुने,कति मात्रामा सेवन गर्न हुने,मदिरा सेवनको स्थल कस्तो हुने लगायतको मापदण्डको अनिवार्यता छ । यो लागु गरेर कार्यान्वयनमा ल्याउन सकिए केहि हदसम्म मदिरा नियन्त्रणमा ल्याउन सकिने सम्भावना छ ।
साथै अभिभावकहरुले आफ्नो छोरा छोरीको गतिविधी,उनीहरुको सम्पर्क व्यक्तिहरुको आचरण र काम तथा आफ्नै सन्तानको काम र व्यवहार लगायतमा निगरानी राख्न जरुरी छ । परिवारले चाहे र प्रयास गरे सन्तान गलत बाटोमा नलाग्ने भएकोले परिवारले आफ्नो सन्तान मदिरा वा लागुऔषधको दुव्र्यसनमा नलागोस भनेर प्रयास गर्न सक्नु पर्दछ ।
मदिराको अत्यधिक सेवनले स्वास्थ्यमा समेत प्रतिकुल असर पर्ने भएकोले यसको नियन्त्रण आवश्यक छ । होलीमा १० वर्ष देखि माथिका बालबालिकाहरुले समेत मदिरा सेवन गरेको भेटिएकोले हामी गम्भिर हुनु आवश्यक छ । यसप्रति गम्भिर भइएन भने यसले हाम्रो भविष्यका कणर्धारलाई नराम्ररी पछाड्ने छ । यसको लागि स्थानिय सरकारले समेत पहल थाल्नु आवश्यक छ । अभिभावक पछि समाज र समाजको अगुवा स्थानिय सरकार भएकोले सवै पक्षको समान योगदानले मदिरा नियन्त्रण गार्हो छैन।