
महोत्तरी- वल्वा स्थित परौल टोलमा आगलागी हुँदा एक जनाको मृत्यु र एक जना घाइते भएका छन् । मृत्यु हुनेमा सोही स्थान बस्ने ५० बर्षिय चन्दन देवि र घाइते हुनेमा ५२ वर्षीय जयकरण यादव रहेको प्रहरीले जनाएको छ ।
स्थानीय रामसागर यादवको घरमा लागेको आगोमा परी घाइते भएका दुवै जनालाई स्थानिय र प्रहरीले तत्काल उदार गरि प्रादेशिक अस्पताल जनकपुर पुर्याएका थिए । घाइते मध्य चन्दन देविको उपचारको क्रममा मृत्यु भएको छ भने जयकरण यादवलाई थप उपचारको लागी काठमाडौं लगिएको छ ।
रामसागर यादवको घरको भान्साबाट एक्कासी लागेको आगलागीबाट उन्को झण्डै ८० हजार बरावरको क्षती समेत भएको छ । यादवको भित्र राखेको भाडाकुडा र लत्ताकपडा पुर्णरुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।