बर्दिवास –एनएमबी बैंक र नाब्या होटेल, बर्दिवास बीच सम्झौता भएको छ। उक्त सम्झौता अनुसार खानामा १५ प्रतिशत तथा आवास सुबिधामा २० प्रतिशत सम्म छुटको व्यवस्था गरिएको बैंकले जनाएको छ।
सम्झौतापत्रमा एनएमबी बैंकका नाब्या होटेलका संचालक सुधिर अग्रवाल र एनएमबी बैंकका एरिया मधेस प्रदेश प्रमुख कमल पोखरेल, सिनियर एरिया मेनेजर मिथिलेस कुमार झा र बर्दिवास शाखाका प्रबन्धक आदित्य भट्टराईले हस्ताक्षर गरेका छन्।




चैत्र १ गते गरिएको सम्झौता अनुसार अत्याधुनिक बैँकिङ्ग सुबिधा, विद्युतीय भुक्तानी अभिबृद्धिका साथै अन्य अतिरिक्त सेवामा पनि सहजता मिलोस् भन्ने उद्देश्यले एनएमबि बैँकले छुटको लागी सहकार्य गरेको जनाएको छ।
छुट सम्बन्धी थप जानकारी एनएमबी बैंकको वेवसाइट को ‘एनएमबी भिसा कार्ड डिस्काउन्ट’ सेक्सनमा गएर प्राप्त गर्न सकिनेछ।

एनएमबी बैंकले हाल देशभरी २०१ शाखा, १३८ एटीएम, ९ एक्सटेन्सन काउन्टर मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ।
यस सम्झौताबाट नेपालीहरुको नयाँ वर्ष वैशाख १ गते लाई लक्षित पर्यटकहरुलाई विशेष फाइदा पुग्ने विश्वास होटेलका संचालक अग्रवालले व्यक्त गरे ।




