
बर्दिवास- महोत्तरीको बर्दिवास नगरपालिकामा गठन गरिएको द्वन्द्व प्रभावितहरु संजालको दोश्रो बैठक विभिन्न निर्णय गर्दै सम्पन्न गरिएको छ।
एलर्ट इन्टरनेशनलको आर्थिक सहयोग तथा समाज जन उत्थान संस्थाको आयोजनामा द्वन्द्व प्रभावितहरुको उत्थानको लागि संचालित न्यायमा पहुँच सबलिकरण कार्यक्रम अन्तर्गत द्वन्द प्रभावितहरुको सबालमा काम गर्न बर्दिवास नगरपालि स्तरिय संजाल गठन गरिएको छ।
उक्त संजालका संयोजक अध्यक्ष दीपा लामाको अध्यक्षतामा बसेको संजालको बैठकले द्वन्द्व प्रभावितको सवालमा स्थानीय ,प्रदेश तथा संघ सरकारको ध्यानाकर्षण गराउने, संक्रमणकालिन न्यायिक संयन्त्रलाई पीडित-प्रभावित मैत्री बनाएर शान्ती प्रक्रियालाई निष्कर्षमा पुर्याउन सरकारको ध्यानाकर्षण गराउने जस्ता निर्णय गरिएको छ।

त्यसैगरी बैठकले द्वन्द प्रभावित र तिनको परीवारहरुको वर्तमान अवस्था र सवाल उजागर गर्ने, पहिचान गरिएका सवालहरू कार्यान्वयन प्रक्रियामा लैजान स्थानीय प्रदेश र राष्ट्रिय तह सम्म पुर्याउने निर्णय समेत गरिएको अध्यक्ष लामाले बताइन् ।
पिडितको सवालमा मनोपरामर्श तालिमका लागि प्रमाणपत्र तह पास गरेका शैक्षिक योग्यता भएका संजालका सदस्य मध्ये एक जनालाई पठाउने निर्णय समेत गरीएको संस्थाकी संयोजक लामाले जानकारी दिइन् ।
यस अघि टीपीओबाट आयोजना गरिएको मनोपरामर्श तालिममा द्वन्द प्रभावित परिवार कै बिपना स्यांगतान र प्रिन्सपा कर्णलाई सहभागीताको पठाइएको छ ।