महोत्तरी- नेपाल विद्युत प्राधिकरण गाैशला वितरण केन्द्रका कर्मचारीहरुले हातमा कालो पट्टि बाँधि विरोध जनाएका छन्।
महोत्तरीको गौशाला नगरपालिकामा रहेको नेपाल विद्युत प्राविधिकरणका कर्मचारीहरुले राैतहटकाे मौलापुर वितरण केन्द्रका कर्मचारीहरु माथि भएको घटनाको छानविन सहित कार्वाहीको माग गर्दै सोमबार विहान १० बजे देखी १२ बजेसम्म हातमा कालो पट्टि बाँधि विरोध जनाएको छ ।
२०७९ फाल्गुन ५ गते नेपाल विद्युत प्राविधिकरण मौलापुर वितरण केन्द्रमा कर्मचारीहरु माथि भएको घटनामा संलग्न व्यक्तिहरुलाई कानुनी कारवाही गर्न र घाईते कर्मचारीहरुलाई उपचारको व्यवस्था गर्न सम्बन्धित पक्षलाई पटक पटकध्यानकर्षण गराउँदा समेत दोषि उपर कानुनी कारवाही हालसम्म पनि अगाडी नबढाएकोले सम्पूर्ण कर्मचारीहरु आन्दोलित हुन पुगेको गौशाला विद्युत विरण केन्द्रका कर्मचारी रामएकवाल यादवले बताए ।
यादवले भने चैत्र ८ गते नेपाल विद्युत प्राविधिकरणका केन्द्रिय क्रियाशिल ट्रेड युनियनहरुद्वारा निकालिएका संयुक्त विज्ञप्ती अनुसार २०७९ चैत्र ९ गते देखी चैत्र १५ गते सम्म नेपाल विद्युत प्राविधिकरण मधेश प्रेश, प्रादेशिक कार्यालयमा धर्ना तथा घेराउ कार्यक्रमलाई निरन्तरता दिदै, क्रियाशिल ट्रेड युनियनको सहमति अनुसार यस कार्यक्रमलाई थप सशक्त प्रभावकारी बनाउन उक्त धर्ना कार्याक्रमलाई २०७९ चैत्र१३ गते देखि चैत्र १५ गते सम्म विहान १० बजे देखी १२ बजेसम्म नेपाल विद्युत प्राविधिकरण मधेश प्रदेश, प्रादेशिक कार्यालय अन्तर्गतका सम्पूर्ण वितरण केन्द्रहरुमा कार्यरत ईकाई, प्रदेश तथा केन्द्रका पदाधिकारीहरु एंवम सदस्यहरुसमेतले कार्यालय प्रमुखको कार्यकक्षमा आ- आफ्नो हातमा कालो पट्टी बाँधी धर्ना तथा घेराउका कार्यक्रम रहेको यादवले बताए ।